NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी तीन कम्पनीले हकप्रद सेयर निष्काशन गर्दै, कुनको कति कित्ता ?

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड(सेवन)ले  तीन वटा कम्पनीलाई हकप्रद शेयर निष्काशन  गर्ने अनुमति दिएको छ ।

बोर्डले आइएमई जनरल इन्स्योरेन्स, समृद्धि फाइनान्स कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०:४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्न लागेको हो ।

यो हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद शेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ ।

त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद शेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।

समृद्धि फाइनान्स कम्पनी

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २:१ को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद शेयरको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ ।

यो हकप्रद शेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म अवेदान दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा बैंक अफ काठमाडण्डु मार्केट लिमिटेड रहेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १:१.५ को अनुपातमा ३० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद शेयरको लागि कम्पनीले पुस २६ गते बुक क्लोज गरिसकेको छ । कम्पनीको बिक्री प्रबन्धको काम शिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष