NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विश्वकप छनोट : भरपर्दा ब्याट्सम्यान मल्ल पनि आउट

काठमाडौं । नेपालले टी–२० विश्वकप छनोटमा अर्का भरपर्दा ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको छ ।

ओमानविरुद्ध टर हारेर ब्याटिङमा उत्रिएको नेपालका दुई ब्याट्सम्यान सुरुमै आउट भएका थिए । आशिफ शेख ४ र कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।

तर खेलको सात ओभरमा आइपुग्दा मल्लको विकेट पनि गुमेको छ । मल्ल १५ बलमा १५ रन बनाएर आउट भएका छन् ।

५ ओभर सकिंदा नेपाल दुई विकेट गुमाउँदै २८ रनको स्थितिमा छ । ८ ओभरको खेल सकिंदा नेपालले तीन विकेट गुमाएर ३९ रन जोडेको छ ।