NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

विश्वकप छनोटको पहिलो खेलमा ओमानमाथि नेपालको जित

काठमाडौं । विश्वकप छनोटको खेलमा नेपालले ओमानमाथि जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई कमजोर सुरुवात गर्दै ११८ रनको लक्ष्य दिएको थियो ।

तर नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानले कमजोर लक्ष्य पनि पूरा गर्न सकेन । २० ओभरकाे खेलमा ओमान १७ ओभरमा ७८ रनमा समेटिंदै ३९ रनले पराजित हुन पुग्यो ।

नेपालको जितको लागि ब्याटिङमा आरिफ शेखले सर्वाधिक ३८, सन्दीप लामिछाने र लोकेश वामले १६\१६ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

बलिङतर्फ कमल ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २\२ विकेट लिए ।
जितेन्द्र मुखिया र अबिनाश बोहोराले एकएक विकेट लिए ।

जितसँगै नेपाल दोस्रो स्थानमा छ । आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत क्वालिफायर एको ग्रुप बीमा क्यानडा नेपालभन्दा अगाडि छ । क्यानडाले फिलिपिन्सलाई ११८ रनले पराजित गर्दै रनरेटमा नेपाललाई उछिनेको हो ।