NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमसिसी राष्ट्रघाती छ, संसदमा ५ घण्टा बोल्न मन छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एसका नेता झलनाथ खनालले एमसिसी संसदमा टेबल भए ५ घण्टा बोल्ने बताएका छन् । संसद बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै खनालले अमेरिकी सहयोग एमसिसी सम्झौतामा धेरै विषय संसोधन गर्नुपर्ने भन्दै खनालले यी विषयमा घण्टौं बहस गर्न पाउनुपर्ने बताएका हुन् ।

एमसिसी सम्झौताम राष्ट्रलाई घात गर्ने थुप्रै विषय भएको दाबीसमेत उनले गरे । यसैले सांसदहरूले घण्टौ बहस गरेर सच्याएर मात्रै संसदबाट पास गर्नुपर्ने बताएका हुन् ।

‘एमसिसीमा राष्ट्रलाई घात गर्ने कुराहरू उल्लेख छन् । यी आपत्तिजनक विषयलाई सच्चाउने र संसोधन गर्नुपर्ने हुन्छ’ खनालले भने, ‘यसैले एमसिसीबारे सांसदहरूलाई बोल्न दिनुपर्छ । सबै सांसदले बोल्न खोज्दा पनि समय दिनुपर्छ । एमसिसी संसदमा टेबल भयो भने मलाई पनि ५ घण्टासम्म बोल्न मन छ ।’

नेकपा एसका नेता खनालले एमसिसीमा राष्ट्रलाई घात गर्ने थुप्रै विषय भएको भन्दै जस्ताको तस्तै पास गर्न नहुने अडान लिंदै आएका छन् ।
यस अघि नेकपा हुँदै एमसिसीको सम्झौतका विषयमा अध्ययन गर्न बनेको कार्यदलको संयोजकसमेत खनाल थिए । खनाल संयोजकत्वको समितिले संसोधनसहित मात्रै एमसिसी पास गर्नुपर्ने सुझाव दिएको थियो ।