NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ज्ञानेन्द्र शाही बने राप्रपाको पाँचौं प्रवक्ता, को–को छन् अन्य चार ?

काठमाडौं । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवक्तामा मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक रहेको शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता आज मनोनित गरेका हुन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ ।

राप्रपामा यसअघि भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, शगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता छन् । श्रेष्ठ भने कमल थापाको पार्टी राप्रपा नेपालतिर लागेका छन् । यद्यपि, उनी वैधानिक रूपमा राप्रपाकै प्रवक्ता छन् ।

शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनित गरेको घोषणा गरका छन् ।

सो अवसरमा उनले पार्टीले सुशासन विभाग बनाउने र त्यसको प्रमुखसमेत बनाउनेसमेत उद्घोष गरे ।

शाहीले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् ।