अमेरिकी राजदूतले भने : एमसिसीबारे खुला बहस गर्न तयार छु, हिंसा मानिँदैन
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आफ्नो देशको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सम्बन्धमा हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् । उनले आज ट्विटरमार्फत यस्तो बताएका छन् ।
एमसिसीको विषयलाई लिएर खुला बहसको समर्थक रहेको स्पष्ट पार्दै राजदूत बेरीले लोकतन्त्रमा सबैलाई शान्तिपूर्ण तरिकाले धारणा राख्ने छुट भएको बताएका छन् ।
‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं’, शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै उनले भनेका छन् ।
राजदूत बेरीले एमसिसीको बिषयमा आफूहरूको धारणा यही भएको बताएका छन् ।
‘लोकतन्त्रमा आफ्नो विचार व्यक्त गर्न पाउनु नैसर्गिक अधिकार हो । सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ उनले भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचार स्वीकार्य हुँदैनन् ।’
आजै मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले एमसिसीबारे अमेरिकाको धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएका थिए ।
एमसिसी विवादमा चीन पनि : अमेरिकालाई भन्यो, ‘धम्कीपूर्ण कूटनीतिको विरोध गर्छौं’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया