NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
अन्तर्वार्ता

शीर्ष नेता अमेरिकासामु लम्पसार परिसके, अब देश बचाउने जिम्मा जनताको : चित्रबहादुर केसी

मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) व्यवस्थापिका संसद्मा पेश गर्ने सत्ता गठबन्धन दलहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्तागठबन्धन दलहरूको बैठकमा शीर्ष नेताहरूले एमसिसीलाई टेबुल गर्ने सहमति गरेका हुन् ।

एमसिसी संसद्मा टेबुल गर्ने शीर्ष नेताहरूको सहमतिलाई एमसिसी अध्ययन कार्यदलका संयोजक एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आपत्ति जनाएका छन् । सत्तागठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चा (राजमो)ले एमसिसी संसद्मा पेश भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यसै विषयमा राजमोका अध्यक्ष चित्रबहादुर केसीसँग नेपालवाचकर्मी गणेश पाण्डेले एमसिसीमा दलहरूबीचको सहमति र आगामी राजनीति भविष्यबारे संवाद गरेका छन् ।

सत्ता गठबन्धन दलका शीर्ष नेताहरू एमसिसीलाई टेबुल गर्न सहमत भएका छन् । यस विषयमा तपाईंको प्रतिक्रिया के छ ?

अमेरिकाले नेपालको उद्धार गर्न एमसिसी दिएको होइन । आफ्नो चीनविरोधी सैनिक गतिविधिमा नेपाललाई सामेल गराउन एमसिसीलाई अगाडि बढाएको हो । धेरै विद्वानको मत पनि यही छ । नेपाली जनताले प्रतिकार गरेनन् भने अमेरिकाले नेपाललाई चीनविरोधी रणभूमि बनाउँछन् । नेपालका राजनीतिक पार्टीहरूलाई देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र मातृभूमिको अस्मिताको रक्षा गर्न सकेनन् ।

नेताहरू सत्ता स्वार्थ, लालसा, सत्तामा टिकिराख्ने मोहका कारण अमेरिकाका अगाडि लम्पसार परेका छन् । शीर्ष नेताहरूको सहमति त्यसकै पछिल्लो कडी हो । यसमा हाम्रो असहमति छ । हामी सडकबाट भण्डाफोर गर्छौं । संसद्मा हाम्रो सानो संख्यामा उपस्थिति भएपनि एमसिसीको विपक्षमा मतदान गछौं ।

ठूला पार्टीका नेताहरूमा सत्ता स्वार्थ, लालसा, सत्तामा टिकिराख्ने मोह छ । यसका कारण अमेरिकाका अगाडि लम्पसार परेका छन् । शीर्ष नेताहरूको सहमति त्यसकै पछिल्लो कडी हो । यसमा हाम्रो असहमति छ । हामी सडकबाट भण्डाफोर गर्छौं

एमसिसीको सम्बन्धमा नेपाली कांग्रेस सर्वाङ्ग नाङ्गै भएको छ । विपक्षी एमाले पनि पहिल्यैदेखि एमसिसीको पक्षमा छ । नेताले गद्दार गरेपनि नेपाली जनताको देशभक्तिपूर्ण आन्दोलन चलिरहेको छ । पछिल्लो पटक नेताहरूले संसद्मा टेबुलमात्रै गर्ने भनिरहे पनि यो संसद्बाट पारित गर्ने षड्यन्त्र हो । बिल पास गर्न अमेरिकनहरू काठमाडौंका विभिन्न ठाउँमा डेरा जमाएर बसेका छन् । कसलाई दबाउने र कसलाई किन्ने भनेर । प्रायः सबैलाई प्रयोग गरिएको छ । यसलाई खारेज गर्ने नेपाली जनता हुन् ।

एमसिसीको विरोधमा जनस्तरमै विरोध भइरहेको छ । एमसिसीलाई ‘इस्यू’ बनाएर छिमेकी मुलुक अमेरिका र चीनबीच तनावको स्थिति पैदा भएको छ । के नेपालको कूटनीतिक भूमिका फेल भएको हो ?

यो सबै नेताहरूको स्वार्थका कारण हो । यिनीहरूलाई पहिल्यैदेखि नेपाली जनताले बुझ्दै आएका छन् । सबैभन्दा खतरनाक कुरा व्यक्तिको महत्वाकांक्षा र स्वार्थ हो । नेताहरूले केही नबुझी एमसिसीमा सही गरे भन्ने मलाई लाग्दैन । एमसिसी स्वीकार गरी सत्तामा बसिराख्ने, रजाइँ गर्ने कुनियत हो । यिनीहरूको स्वार्थले देश लामो समयदेखि प्रताडित भएको छ । एमसिसी खारेज गर्न नेपाली जनता नै सडकमा उत्रिएका छन् ।

यो देश बचाउन नेपाली जनता नै जाग्नुपर्छ । नेताहरू त राष्ट्रियता भजाएरै सत्तामा रजाइँ गर्ने र मोज गरिराख्ने हो । नेताहरूले एमसिसी बुझैको छैन भन्ने होइन । अमेरिकाको नियत सबैले बुझेका छन् । उनीहरूको बुझेर पनि वकालत गरिरहेका छन् । नेताहरूको यही स्वार्थका कारण मुलुकको कूटनीति असफलतातिर गइरहेको छ ।

तपाईं सत्ता गठबन्धनको बैठकमा किन नजानु भएको ?

हामीलाई त बैठकमा बोलाउनै छोडे । सुरुका दुई चारवटा बैठकमा गएको हुँ । पाँच दलीय गठबन्धनको न्यूनतम कार्यक्रम बन्ने बेलामा एमसिसीको कुरा आएको थियो । त्यसलाई राखिएन । पछिल्लो समय हामी सहभागी छैनौं । म त आन्दोलनको क्रममा भैरहवामा छु । जनताले एमसिसीलाई अस्वीकार गर्न व्यापक विरोध गरेका छन् । जबरजस्ती स्वीकार गरे अमेरिकालाई महंगै पर्छ ।

सबैभन्दा खतरनाक कुरा व्यक्तिको महत्वाकांक्षा र स्वार्थ हो । नेताहरूले केही नबुझी एमसिसीमा सही गरे भन्ने मलाई लाग्दैन । एमसिसी स्वीकार गरी सत्तामा बसिराख्ने, रजाइँ गर्ने कुनियत हा

तपाईंको पार्टीसहित साना वाम घटकको विरोध कार्यक्रम छ, अब आन्दोलनको स्वरुप कस्तो हुन्छ ?

विभिन्न ६ वाम घटकको देशभर विरोध कार्यक्रम भइरहेको छ । यहाँ भैरहवामा पनि सिडियो कार्यालय घेराउ गर्ने कार्यक्रम जारी छ । देशको स्वाधिनता, राष्ट्रिय अखण्डता बचाउन देशभक्त नेपाली जनताहरूले विरोध गरिरहेका छन् । एमसिसी खारेज नभएसम्म हाम्रो विरोध जारी रहन्छ ।

देशको राष्ट्रियता र स्वाधिनताबारे छलफल र बहस गर्ने सार्वभौमसत्ता सम्पन्न संसद् हो, त्यहाँ छलफल नगरी सडकमा किन आउनुभयो ?

संसद्मा विफल हुनेगरी अमेरिकाले लान चाहँदैन । उसले आवश्यक पर्ने सबैलाई खरिदबिक्री गरिसकेको छ । महाकाली कसरी पास गरेका थिए ? महाकाली पास गर्नेहरू अहिले कोही सत्तामा छन, हामी प्रतिपक्षमा छन् । त्यतिबेला सभामुख रामचन्द्र पौडेल थिए । विपक्षी दलका नेता केपी ओलीको कत्रो फुर्ती थियो । देश बेच्ने बेलामा राष्ट्रघातीहरू एकढिक्का हुन्छन् । जनतालाई झुक्याउँछन् । फेरि तिनै सत्तामा आउँछन् । जनताको भोटबाट जितेर आउने यी कांग्रेस–एमाले नै हो । राष्ट्रघात गर्नेलाई बारम्बार लाइसेन्स नेपाली जनताले दिन्छन् ।

ओली प्रधानमन्त्री हुँदा सभामुखलाई सार्वजनिक स्थानबाट नै एमसिसी टेबुल गर्न दवाव दिएका थिए । प्रतिपक्षमा पुगेपछि रहस्यमय रूपमा मौनता देखियो किन ?

संसद्मा विफल हुनेगरी अमेरिकाले एमसिसी त्यहाँ लान चाहँदैन । उसले आवश्यक पर्ने सबैलाई खरिदबिक्री गरिसकेको छ । महाकाली कसरी पास गरेका थिए ? महाकाली पास गर्नेहरू अहिले कोही सत्तामा छन्, कोही प्रतिपक्षमा छन् ।

उनीहरूलाई सत्ता स्वार्थ र सम्पत्ति जोड्नुबाहेक दोस्रो कुरै छैन । एमाले मात्रै होइन, कांग्रेस र अन्य पार्टीको ठाँट के छ हेर्नुस् त ? हिजो हामीसँगै चप्पल लगाएर हिड्नेको आज कत्रा महल छन्, काठमाडौंमा महंगो गाडी चलाएर हिड्छन् । जबसम्म सत्ता सत्ताधारीको स्वार्थमा प्रयोग हुन्छ, तबसम्म मुलुकको स्थिति यही हुन्छ । मुलुकको अस्तित्व नै समाप्त पार्ने सम्भावना हुन्छ ।

अब मुलुकको राजनीति भविष्य कता जाला ? के गर्दा ठीक होला ?

मुठ्ठीभर स्वार्थी तत्वलाई मुलुकको जिम्मा लागाउँदा संकट आएको छ । षड्यन्त्र गरेर एमसिसी पास गरेपनि नेपाली जनताले खारेज गराउनुको विकल्प छैन । एमसिसीको माध्यमबाट अमेरिकाले आफ्नो बाफबैरी साध्ने षड्यन्त्र भइरहेको छ । उनीहरूले दान दिएको भनेका छन् । हामीले चाहिँदैन भन्दै सडकमा विरोध प्रदर्शन गर्दासमेत उनीहरूले नलिइ हुन्न भनिसकेपछि उसको स्वार्थ कति रहेछ ?

सार्वभौमसत्ता सम्पन्न देशलाई धम्की दिनुको पछाडि उनीहरूका दलाल छन् । दलालमार्फत नेपाली जनतालाई तर्साएको हो । विदेशी सहायताको नाममा हामी मागी खाने भयौं । हाम्रो के प्रगति र उन्नति भयो ? उनीहरू आफैँ आइएनजिओ पठाएर दिएको अनुदान आफै लिएर जान्छन् । एनजिओे, आइएनजिओ, योजना आयोगमा उनीहरूकै मानिस छन् । मन्त्रालयहरूमा उनीहरूकै मानिस काम गर्न बसेका छन् । राजनीतिक पार्टी, प्रशासन र अदालतममासमेत उनीहरूकै मानिस छन् । राज्यका सबै अंग खतम पारेपछि उनीहरूको एकाधिकार भयो । मुलुकलाई सोमालियातिर लगिराखेका छन् ।

यदि सरकारले एमसिसी संसद्मा टेबुल गरेको खण्डमा सरकारबाट बाहिरिनुुहुन्छ कि के गर्नुहुन्छ ?

ओली प्रतिगमनविरुछे लड्ने बेलामा हामीले गठबन्धनलाई साथ दिएका हौं । अहिले हामी सरकारमै छैनौं । प्रतिपक्षमै रहेका कारण हामीले सडकमा गएर भण्डाफोर गरेको हो । सरकारमा बसेर आन्दोलन गर्न मिल्दै–मिल्दैन । यस्तै गर्छन् भनेर हामी सरकारमा सामेल नभएका हौं ।
हामी संघमा मात्रै होइन । प्रदेशमा पनि छैनौं । गण्डकीमा एमालेले मुख्यमन्त्री दिन्छु भन्दा पनि हामीले मानेनौं ।

हामीले कांग्रेस, एमाले, माओवादी सबै चिनेका छौं । दलीय व्यवस्था सिध्याउन खोजेकाले नै हामीले गठबन्धन बनाएको हो । त्यसैले देश बचाउने भनेको अन्त्यमा नेपाली जनता नै हो, यी नेताहरूले बचाउँदैनन् । विस्तारै जनतामा जागरण आएको छ । देश बचाउनेमा जनताप्रति मेरो पूर्ण विश्वास छ ।