NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

२६२ जना कोरोना संक्रमित थपिए, १३३८ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर परीक्षणबाट २२९ जना र एन्टिजेन परीक्षणबाट ३३ जना गरी २६२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो समय नाै हजार ८१५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या नौ लाख ७५ हजार ५५९ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ३८ हजार ५९७ रहेको छ ।  आज कोरोनाबाट थप चार जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या  ११ हजार ९२१ पुगेको छ ।

पछिल्लो समय एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या नौ लाख ५१ हजार ३९४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १२ हजार २४४ जना रहेको छ । जसमध्ये ११० जना क्वारेन्टिनमा छन् ।