NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते
रहष्य

किन बेपत्ता हुन्छन् ‘बर्मुडा ट्रयांगल’मा जहाजहरू ?

के त्यो एलियनको अखडा हो ?

काठमाडौं । अमेरिकाको फ्लोरिडानजिकै एट्लान्टिक महासागरमा एउटा यस्तो त्रिकोणीय क्षेत्र छ, जुन विगत पाँच सय वर्षदेखि रहष्यको गर्भमा छ । ‘बर्मुडा ट्रयांगल’का रूपमा चर्चित सो क्षेत्रलाई ‘शैतानको त्रिभुज’समेत भन्ने गरिन्छ ।

पाँच सय वर्ष भइसक्यो, तर अहिलेसम्म कसैले पनि सो क्षेत्रको रहष्योदघाटन गर्न सकेका छैनन् । विश्वका एकसेएक वैज्ञानिक र शक्तिशाली देशहरू ‘बर्मुडा ट्रयांगल’को रहष्य पत्ता लगाउन भिडिरहेकै छन्, तर अहिलेसम्म कसैले पनि ठोस तथ्य पत्ता लगाउन सकिरहेका छैनन् ।

आखिर त्यस्तो कुन शक्ति छ, जसले सो क्षेत्रबाट गुज्रने पानीजहाजदेखि हवाईजहाजसम्मलाई गायब गरिदिन्छ, जसको नामो निशान भेटिँदैन ? आजसम्म बर्मुडा ट्रयांगलमा बेपत्ता सयौं पानीजहाज र हवाईजहाजका अवशेष मात्र होइन, तिनमा सवार हजारौं यात्रुको लाससमेत फेला परेको छैन, जसले यो क्षेत्रलाई रहष्यकै गर्भमा लुकाइरहेको छ ।

दुर्घटना जुनसुकै कारणबाट होस्, तर जहाजका टुक्रा र मानिसका लासचाहिँ किन भेटिएका छैनन् ? 

४ लाख ४० हजार सामुद्रिक माइलमा फैलिएको बर्मुडा ट्रयांगल खासमा विश्वको नक्सामा कतै देखिँदैन । फ्लोरिडाको मायामी टापु, प्योटोरिको र बर्मुडा टापुलाई जोड्दा जुन त्रिकोण बन्छ, यसै त्रिकोणभित्रको सामुद्रिक क्षेत्रलाई बर्मुडा ट्रयांगल भन्ने गरिएको हो । यही क्षेत्रमा हालसम्म एक हजारभन्दा बढी जहाज बेपत्ता भइसकेका छन्, जसको रहष्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

एकै दिन पाँच विमान लापत्ता

‘यो सबै अमेरिकाको षड्यन्त्र हो । किनकि, यो क्षेत्रमा अमेरिका निकै खुफिया तरिकाले आफ्नो सैन्य गतिविधि सञ्चालन गरिरहेको छ । त्यसैले अमेरिका यो क्षेत्रबाट कोही पनि यात्रा नगरून् र आफ्नो गोप्य गतिविधिको रहष्य बाहिर नआओस् भन्ने चाहन्छ र त्यसकै लागि यो क्षेत्रलाई खतरनाक सावित गरिएको छ ।’

सन् १९४५ मा अमेरिकन वायु सेनाको एउटा हवाईजहाज ब्रमुडा ट्रयांगलमा बेपत्ता हुन्छ । त्यसलगत्तै अन्य चार विमान पनि त्यसैगरी हराउँछन् । ती विमानका अवशेष र त्यसमा सवार १४ सैनिकको अहिलेसम्म सानो चिह्नसमेत फेला परेको छैन । ती पाँच विमानको खोजी गर्न गएको विशेष विमान पनि रहष्यमय ढंगले बेपत्ता हुन्छ ।

एकै पटक ६ वटा विमान हराएपछि अमेरिकामा हड्कम्प मच्चिन थाल्छ । सञ्चार माध्यमहरूमा यो खबर प्रकाशन/प्रसारणपछि जनमानसमा सनसनी मच्चिन्छ । अनि बल्ल वैज्ञानिकदेखि पत्रकारसम्मले बर्मुडा ट्रयांगलको इतिहास खोतल्न थाल्छन् ।

पहिलो पटक बेपत्ता अमेरीकी नौसेनाको एभेन्जर जहाजका चिफ पाइलट क्याप्टेन चाल्र्स टेलरले एटलान्टिक महासागरमाथि उडिरहँदा अन्तिम पटक ‘सब ठीक ठाक छ’ भनेर एयर ट्राफिक कन्ट्रोललाई सन्देश दिएका रहेछन् । त्यसको केही मिनटमै जहाज बेपत्ता भएको थियो ।

पानीजहाजका प्रत्यक्षदर्शीले औंल्याएको क्षेत्रमा खोजी दल पुगेर हेर्दा त्यहाँ विमानको सानो टुक्रा अवेशष या मान्छेका लासहरू केही फेला परेनन् । आखिर कहाँ गयो त ? आकाशले खायो या समुद्रले निल्यो ?

अनुसन्धानबाट पत्ता लाग्यो, ती पाँचवटै विमान फ्लोरिडा र बहमास टापुको पूर्वतर्फको आकाशबाटै गायब भएका थिए । यी पाँच विमानको खोजीका लागि १३ जनाको उद्धार टोलीसहित हावामा उडन र पानीमा तौरिनसक्ने एउटा ‘मरिनल फ्लाइङ बोट’ पठाइएको थियो । ‘मरिनल फ्लाइङ बोट’का क्याप्टेनले दिएको अन्तिम सन्देश थियो, ‘सर्च मिसनमा हामी अगाडि बढिरहेका छौं, मौसम सफा छ, कुनै समस्या छैन ।’

विडम्बना, यो सन्देश पठाएको केही मिनटमै मरिनल फ्लाइङ बोट’सँग एयर बेसको सम्पर्कविच्छेद हुन्छ । अर्थात् खोजी विमान पनि गायब हुन्छ । सोही सामुद्रिक क्षेत्रबाट गुज्रिएको एउटा पानीजहाजका क्याप्टेन र अन्य प्रत्यक्षदर्शीले भोलिपल्ट शहरमा आएर सुरक्षा अधिकारीहरूसँग बताए अनुसार उनीहरूले आकाशमा आगोको मुस्लोसहितको ठूलो विष्फोट देखेका थिए ।

पानीजहाजका प्रत्यक्षदर्शीले औंल्याएको क्षेत्रमा खोजी दल पुगेर हेर्दा त्यहाँ विमानको सानो टुक्रा अवेशष या मान्छेका लासहरू केही फेला परेनन् । आखिर कहाँ गयो त ? आकाशले खायो या समुद्रले निल्यो ? खोजी दलले केही भेउ पाउन सकेन । आफ्ना २७ जना सैनिक गायब भइसकेकाले अमेरिकन नेभीका अधिकारीहरू बडा चिन्तित थिए । छानबिन समिति बन्यो, अनेक अनुसन्धान भए ।

अमेरिकन नेभीले छानबिन प्रतिवेदनको निष्कर्षमा भन्यो, ‘पाँच एभेन्जर विमान र फलाइङ बोट सबै खराब मौसमको शिकार भए, अहिलेसम्म त्यसको कुनै सुराक पाउन सकिएको छैन ।’

यो क्षेत्रको सारा इतिहास र त्यसअघि भएका घटनाहरू पत्ता लागेपछि एउटा तथ्य बाहिर आयो, बर्मुडा ट्रयांगल पाँच सय वर्षदेखि नै रहष्यमय रहेछ

यो खबर विश्वभर फैलिएपछि मानिसहरूमा एकखालको त्रास उत्पन्न भयो । बर्मुडा ट्रायंगलमा जानु भनेको मृत्युलाई निम्त्याउनु हो भन्ने सबैलाई लाग्न थाल्यो । यो क्षेत्रको सारा इतिहास र त्यसअघि भएका घटनाहरू पत्ता लागेपछि एउटा तथ्य बाहिर आयो, बर्मुडा ट्रयांगल पाँच सय वर्षदेखि नै रहष्यमय रहेछ । पानीजहाज या हवाईजहाज, यो क्षेत्रमा पुग्नासाथ गायब हुन्थे, तर जहाज र यात्रुको सानो अंश पनि फेला पर्दैनथ्यो । ती कहाँ विलुप्त हुन्थे, कसैलाई थाहा भएन ।

कहाँ गए ती जहाज र यात्रु ?

अनुसन्धानबाट प्राप्त रेकर्ड अनुसार, डेढ सय वर्ष पहिले न्युयोर्कबाट एउटा ‘मेरी सेलेस्ड’ नामक पानीजहाज जेनेभा जाँदै थियो । एटलान्टिक महासागरमा बर्मुडा ट्रायंगलनेर पुगेपछि यो पानीजहाज अचानक गायब भयो । एक महिनापछि यही पानीजहाज सुरक्षित रूपमा एट्लान्टिक महासागरकै सुदूर क्षेत्रमा कतै तैरिरहेको देखियो ।

तिनताक बर्मुडा ट्रायंगल क्षेत्रमा हरेक वर्ष औसत चार वटा ठूला र २० वटा साना हवाईजहाज गायब हुन्थे र तिनको कुनै नामोनिशान भेटिदैनथ्यो । पछिल्लो पटक सन् १९९७ मा जर्मन एयरफोर्सको विमान पनि सोही क्षेत्रमा गायब भयो, जसमा ३३ यात्रु सवार थिए । यो विमान र यात्रुको पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।

प्रत्य्रक्षदर्शीबाट सूचना पाएपछि खोजी दल सो क्षेत्रमा पुग्यो । आश्चर्य त के भने जहाजमा हरेक सामान आ–आफ्नो ठाउँमा जस्ताको तस्तै थिए । कहाँसम्म भने डाइनिङ टेबलमा पस्किएको खानासमेत जस्ताको तस्तै थियो । हरेक चिज दुरुस्तै । तर, त्यो जहाजमा सवार यात्रु भने कोही थिएनन् । अहिले पनि यो एउटा रहष्यकै रूपमै छ कि जहाजका ती यात्रु कहाँ गए, जसको लाससमेत भेटिएन ?

डेढ सय वर्ष पहिले न्युयोर्कबाट एउटा ‘मेरी सेलेस्ड’ नामक पानीजहाज जेनेभा जाँदै थियो । एटलान्टिक महासागरमा बर्मुडा ट्रायंगलनेर पुगेपछि यो पानीजहाज अचानक गायब भयो । एक महिनापछि यही पानीजहाज सुरक्षित रूपमा एट्लान्टिक महासागरकै सुदूर क्षेत्रमा कतै तैरिरहेको देखियो 

सन् १९१८ मा अमेरिकाको एउटा साइक्लिप्स जलयान बारबाडोक्ससम्म आइपुग्यो, जसमा ३०६ यात्रु थिए । जसै यो जहाज बर्मुडा ट्रयांगलनिर पुग्यो, अचानक गायब भइहाल्यो । जहाजसँगै सबै यात्रु बेपत्ता भए । न कहिल्यै त्यो जहाज भेटियो, न यात्रुको लास ।

सन् १९४७ मा अमेरिकी सेनाको ‘सी–४५’ विमान बर्मुडा ट्रयांगलको आकाशमा उडिरहेकै बेला अचानक गायब भयो । यसैगरी सन् १९५० मा स्यान्ड्रा नामक अमेरिकी विमान सोही क्षेत्रबाट हरायो, जुन अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सन् १९५२ मा ३३ जना यात्रु सवार ब्रिटिश विमान पनि एट्लान्टिक महासागरमाथि उडिरहँदा बर्मुडा ट्रयांगलमै हरायो । महिनौं खोजी गर्दा पनि जहाजको अवेशष या यात्रुको लास केही भेटिएन ।

सन् १९७२ मा जर्मनीको एउटा २० हजार टन भार क्षमताको पानीजहाज पनि बर्मुडा ट्रयांगलबाटै बेपत्ता भयो । बेपत्ता हुनुअघि जहाजका क्याप्टेन सम्पर्कमा थिए । जहाजका तर्फबाट आएको अन्तिम रेकर्डेड सन्देश थियो, ‘हामी अहिले जुन ठाउँमा आएका छौं, यहाँ समुद्रमा बडा अनौठो खालको हरियो पानी देखिएको छ ।’ यो सन्देशपछि अर्को कुनै पनि सन्देश रेकर्ड भएन, जहाजसँग सम्पर्क टुट्यो । २० हजार टन भार बोकेको त्यो जहाज र त्यसका यात्रु अहिले पनि बेपत्ता छन् ।

खासमा सो क्षेत्रमा त्यस्तो केही पनि भएको होइन । नियोजित रूपमा बर्मुडा ट्रयांगललाई बदनाम गरिँदैछ । केही दुर्घटनालाई आधार बनाएर एउटा भय सिर्जना गरिएको छ, ताकि कोही पनि बर्मुडा ट्रयांगलको समुद्र र हवाई मार्गबाट यात्रा नगरून्

कोलम्बसले देखेको सत्य

यी सबै घटनाहरू भएपछि अमेरिकालगायत विभिन्न देशले बर्मुडा ट्रयांगलको रहष्य पत्ता लगाउने तदारुकता देखाउन थाले । पानी जहाज र हवाइजहाज एकाएक गायब हुनुको कारणबारे अनेक अड्कलबाजी हुन थाले । यसै क्रममा एउटा अदभूत तथ्य प्रकाशमा आयो ।

चौधौं शताब्दीमा विश्वको खोजीमा समुद्र यात्रामा निस्किएका क्रिस्टोफर कोलम्बसले आफ्नो यात्राको बयान गरेर लेखेको पुस्तकमा बर्मुडा ट्रयांगलको पनि चर्चा गरिएको रहेछ । कोलम्बसले आफ्नो पुस्तकमा लेखेका छन्, ‘म एटलान्टिक महासागरमा जहाजमार्फत अघि बढीरहेको थिएँ । अचानक दिशा सूचक मेरो कम्पासमा केही समस्या देखियो । कम्पासको सुई निकै तीव्रताका साथ हल्लिन थाल्यो, जुन डरलाग्दो अवस्था थियो । केहीबेरपछि मलाई दिशाका बारेमा भ्रम हुन थाल्यो । उत्तर जाने कि दक्षिण, पश्चिम जाने कि पूर्व ? म अन्यौलमा रहेँ ।’

आश्चर्य त के भने जहाजमा हरेक सामान आ–आफ्नो ठाउँमा जस्ताको तस्तै थिए । कहाँसम्म भने डाइनिङ टेबलमा पस्किएको खानासमेत जस्ताको तस्तै थियो । हरेक चिज दुरुस्तै । तर, त्यो जहाजमा सवार यात्रु भने कोही थिएनन्

कोलम्बसले पुस्तकमा उल्लेख गरे अनुसार, सन् १४९२ अक्टुबर २० मा उनले आकाशमा आगोको गोलाजस्तो चम्किलो आकृति देखे । आगोको गोला देखेपछि कोलम्बस र उनका सहयात्री जहाजको कोठाबाट बाहिर डेकमा आए । उनीहरूले आकाशको त्यो तीव्र प्रकाशलाई नियाले । त्यो प्रकाशले समुद्रदेखि आकाशसम्मको उचाइ छोइरहेको थियो ।

हेर्दाहेर्दै त्यो प्रकाश एउटा आगोको गोलामा परिणत भयो र समुद्रमा विलीन भयो । कोलम्बसले उल्लेख गरेको यो घटना बर्मुडा ट्रयांगलमै घटेको थियो । बर्मुडा ट्रयांगलबाट कसोकसो बाहिर निस्किएपछि मात्र कोलम्बस र उनका सहयात्री सुरक्षित रहे ।

के त्यो एलियनको अखडा हो ?

कोलम्बसको यो तथ्य प्रकाशमा आएपछि मानिसहरूले बर्मुडा ट्रयांगलबारे अनेक किस्सा बनाउन थाले । कसैले त्यहाँ परलौकिक शक्ति भएको दाबी गरे ।

कोलम्बसले आफ्नो पुस्तकमा जसरी बर्मुडा ट्रयांगलमा पुग्दा जहाजको कम्पासले काम गर्न छाडेको उल्लेख गरेका छन्, ठीक यही अनुभव सन् १९४५ मा हराएको अमेरिकी सेनाको पहिलो विमानका क्याप्टेनको पनि थियो । उनले पठाएको अन्तिम सन्देशमा भनिएको थियो कि कम्पासले काम गरिरहेको छैन र विमान आफ्नो सही दिशाबाट भड्किएको छ । कोलम्बस र विमानका पाइलट दुवैको अनुभव समान पाइएपछि आखिर त्यो क्षेत्रमा कम्पासले किन काम गर्न छाड्छ भन्नेबारे अनुसन्धान सुरु भयो ।

कोलम्बसले पुस्तकमा उल्लेख गरे अनुसार, सन् १४९२ अक्टुबर २० मा उनले आकाशमा आगोको गोलाजस्तो चम्किलो आकृति देखे । आगोको गोला देखेपछि कोलम्बस र उनका सहयात्री जहाजको कोठाबाट बाहिर डेकमा आए । उनीहरूले आकाशको त्यो तीव्र प्रकाशलाई नियाले । त्यो प्रकाशले समुद्रदेखि आकाशसम्मको उचाइ छोइरहेको थियो

अन्य अनुसन्धान दलले पनि साहस गरेर त्यो क्षेत्रको रहष्य पत्ता लगाउने कोसिस गरे । यी तमाम खोजहरूबाट भिन्न–भिन्न निष्कर्ष प्रकाशमा आए । एउटा खोजी दलले निकालेको निष्कर्ष अनुसार, एट्लान्टिक महासागरको जुन सामुद्रिक क्षेत्रमा त्रिकोण बन्छ, त्यहाँबाट पृथ्वीभन्दा बाहिरको ग्रहमा जाने मार्ग प्रशस्त हुन्छ । यसो भन्नेहरूको दाबी थियो, ‘कोलम्बसले देखेको आगोको गोला र प्रकाश खासमा ‘युएफओ’ अर्थात् एलियनहरूको यान हो । दोस्रो ग्रहमा रहेका व्यक्तिहरू बर्मुडा ट्रयांगलमा आउँछन् । उनीहरूले नै त्यहाँ पुग्ने हवाइजहाज र पानीजहाज गायब गरिदिन्छन् ।’

सन् २००१ मा पर्ल वायज वाइङ र उनका साथी एके पोलिन जेलेटकीले पनि बर्मुडा ट्रयांगलको रहष्य खोतल्ने कोसिस गरे । उनीहरूको दाबी अनुसार एट्लान्टिक महासागरमा बर्मुडा ट्रयांगलको गहिराइमा एट्लान्टिक नामक प्राचीन शहरको अवशेष भेटिएको छ । पहिला त्यहाँ एट्लान्टिस शहर थियो, जुन प्राकृतिक प्रकोपका कारण समुद्रमा डुब्यो ।

यसखालको सिद्धान्त प्रतिपादन गर्नेहरूले दाबी गरे, ‘एट्लान्टिस शहर त्यसबेला निकै समृद्ध र विज्ञान प्रविधिका दृष्टिले उन्नत थियो । एटलान्टिस शहरका मानिसहरूले एउटा यस्तो प्रकाश किरणको आविष्कार गरेका थिए, जसले कुनै पनि शहरलाई एक निमेषमै स्वाहाः पारिदिनसक्थ्यो । जब त्यो शहर समुद्रमा डुब्यो, त्यो अदभूत प्रकाश पनि शहरसँगै समुद्रको गहिराइमा दबियो । तर, संयोगले कहिलेकाहीँ त्यो प्रकाश गहिराइबाट समुद्रमाथि निस्कने गर्छ । जब पानीजहाज र हवाईजहाज त्यो विनाशकारी प्रकाशको चपेटामा आउँछन्, तब ती ध्वस्त हुन्छन् ।’

एउटा खोजी दलले निकालेको निष्कर्ष अनुसार, एट्लान्टिक महासागरको जुन सामुद्रिक क्षेत्रमा त्रिकोण बन्छ, त्यहाँबाट पृथ्वीभन्दा बाहिरको ग्रहमा जाने मार्ग प्रशस्त हुन्छ । यसो भन्नेहरूको दाबी थियो, ‘कोलम्बसले देखेको आगोको गोला र प्रकाश खासमा ‘युएफओ’ अर्थात् एलियनहरूको यान हो

यो सिद्धान्त पनि त्यति विश्वसनीय मानिएन । प्रश्न उठयो, यदि त्यसो हो भने जहाजका अवशेष र मानिसका लासचाहिँ किन भेटिएनन् ? एट्लान्टिस शहर अस्तित्त्वमा रहेको ठोस प्रमाणसमेत नभएकाले यो सिद्धान्तलाई बर्मुडा ट्रयांगलको रहष्योदघाटनका रूपमा स्वीकार गरिएन । खासमा एट्लान्टिस शहर कतै अस्तित्त्वमै थिएन । महान् दार्शनिक प्लुटोले आफ्नो एक पुस्तकमा यो शहरको नाम उल्लेख गरेका थिए, जुन काल्पनिक थियो ।

अर्को एउटा सिद्धान्त आयो । जस अनुसार, जुन ठाउँमा बर्मुडा ट्रयांगल छ, त्यहाँको गुरुत्वाकर्षण निकै तीव्र छ । त्यहाँबाट निकै शक्तिशाली चुम्बकीय तरंग उत्पन्न हुन्छ । सोही शक्तिशाली चुम्बकीय तरंगले त्यहाँबाट गुज्रने जल र हवाई यानलाई आफूतिर तान्छ र बेपत्ता पार्छ । चुम्बकीय शक्तिको परिधिमा पुग्नुअघिसम्म सब ठीकठाक चलीरहेको हुन्छ, तर त्यसको परिधिभित्र प्रवेश गर्नासाथ गडबडी सुरु भइहाल्छ र विनाश गर्छ । चुम्बकीय शक्तिकै कारण जहाजका सबै यन्त्रले काम गर्न छाड्छन् र एयर बेससँगको सम्पर्क टुटछ ।

यो सिद्धान्त पनि त्यति भरपर्दो थिएन । किनकि, एउटा रहष्यको पर्दा यसले पनि उघार्न सकेको थिएन । आखिर जहाजका अवशेष र मानिसका लासचाहिँ किन फेला परेनन् ?

यसैबीच, खोजकर्ताहरूले अर्को सिद्धान्त ल्याए । जसअनुसार, बर्मुडा ट्रयांगलमा प्रचुर मात्रामा मिथेन ग्यासको भण्डार छ । मिथेन ग्यासकै कारण समुद्रमा प्रायः विष्फोट भइरहन्छ । मिथेन ग्यासको मात्रा अत्यधिक भएकाले सो क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुन्छ । अक्सिजन कमीका कारण जसै कुनै पनि जहाज त्यो क्षेत्रमा प्रवेश गर्छ, जहाजका क्याप्टेनको सोच्ने र निर्णय गर्ने क्षमतामा अचानक कमी आउँछ । यही कारण जहाजहरू आफ्नो दिशाबाट भड्किन्छन् र दुर्घटनाको शिकार हुन्छन् ।

यसखालको सिद्धान्त प्रतिपादन गर्नेहरूले दाबी गरे, ‘एट्लान्टिस शहर त्यसबेला निकै समृद्ध र विज्ञान प्रविधिका दृष्टिले उन्नत थियो । एटलान्टिस शहरका मानिसहरूले एउटा यस्तो प्रकाश किरणको आविष्कार गरेका थिए, जसले कुनै पनि शहरलाई एक निमेषमै स्वाहाः पारिदिनसक्थ्यो । जब त्यो शहर समुद्रमा डुब्यो, त्यो अदभूत प्रकाश पनि शहरसँगै समुद्रको गहिराइमा दबियो

यदि यही कारण जहाजहरू दुर्घटनाग्रस्त भएका हुन् भने पनि जहाजका अवशेष र मानिसका लासचाहिँ कहाँ गए त ? यो प्रश्नको अहिलेसम्म कसैले जवाफ दिन सकेका छैनन् । पछिल्लो कालखण्डमा केही वैज्ञानिकले दाबी गरे अनुसार बर्मुडा ट्रयांगलमाथिको आकाशमा विद्युतीय घना कुहिरो देखियो । त्यो विद्युतीय बादलमा घुस्नासाथ जहाजका उपकरणले काम गर्न छाड्छन् र त्यो दुर्घटनाग्रस्त हुन्छ ।

यी सबै अड्कल, अनुमान र दाबीकै बीचमा सन् १९७० ताका एउटा अर्को सिद्धान्त आयो । यो सिद्धान्त अनुसार खासमा सो क्षेत्रमा त्यस्तो केही पनि भएको होइन । नियोजित रूपमा बर्मुडा ट्रयांगललाई बदनाम गरिँदैछ । केही दुर्घटनालाई आधार बनाएर एउटा भय सिर्जना गरिएको छ, ताकि कोही पनि बर्मुडा ट्रयांगलको समुद्र र हवाई मार्गबाट यात्रा नगरून् ।

यस्तो सिद्धान्तका प्रतिपादकको दाबी छ, ‘यो सबै अमेरिकाको षड्यन्त्र हो । किनकि, यो क्षेत्रमा अमेरिका निकै खुफिया तरिकाले आफ्नो सैन्य गतिविधि सञ्चालन गरिरहेको छ । त्यसैले अमेरिका यो क्षेत्रबाट कोही पनि यात्रा नगरून् र आफ्नो गोप्य गतिविधिको रहष्य बाहिर नआओस् भन्ने चाहन्छ र त्यसकै लागि यो क्षेत्रलाई खतरनाक सावित गरिएको छ ।’

उनीहरूको दाबी के पनि थियो भने, बर्मुडा ट्रायंगलको समुद्रमुनि अमेरिकाको ‘एट्लान्टिक अन्डर सी टेस्ट् एन्ड इभ्यालुएसन सेन्टर’ छ र त्यहाँ अमेरिकाका सबमरिन (पनडुब्बी) हरू समुद्रमुनि अत्याधुनिक हतियारको परीक्षण गर्छन्, जसमा परमाणु हतियार पनि पर्छन् ।

मिथेन ग्यासको मात्रा अत्यधिक भएकाले सो क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुन्छ । अक्सिजन कमीका कारण जसै कुनै पनि जहाज त्यो क्षेत्रमा प्रवेश गर्छ, जहाजका क्याप्टेनको सोच्ने र निर्णय गर्ने क्षमतामा अचानक कमी आउँछ । यही कारण जहाजहरू आफ्नो दिशाबाट भड्किन्छन् र दुर्घटनाको शिकार हुन्छन्

पछिल्लो सिद्धान्त पनि अपूर्ण

यसरी बर्मुडा ट्रायंगलको रहष्यबारे अनेकथरी सिद्धान्त आए । हालै मात्र अर्को सिद्धान्त आएको छ, जसअनुसार, बर्मुडा ट्रयांगल भएको क्षेत्रमा हावाको रफ्तार १७० माइल प्रतिघण्टा छ । हावाको रफ्तारबाट निर्माण हुने बादल पनि निकै खतरनाक छ । जसै त्यो घना बादलमा जहाजहरू घुस्छन्, तब ती अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुन्छन् ।

फेरि पनि एउटा प्रश्नको उत्तर आउन सकेन । दुर्घटना जुनसुकै कारणबाट होस्, तर जहाजका टुक्रा र मानिसका लासचाहिँ किन भेटिएनन् ? विगत पाँच सय वर्षयता त्यहाँ जति पनि दुर्घटना भए, तिनको सानो अंश अवशेष पनि किन फेला परेन ? कहाँ बिलाए ? अहिलेसम्म यो रहष्य कसैले पत्ता लगाउन सकेको छैन ।

अहिले पनि रहष्यमै छ, बर्मुडा ट्रयांंगलको वास्तबिकता । आखिर यो सब कसले गरिरहेको होला ? त्यो कुन शक्ति हो, जसले कुनै पनि जहाजलाई शत् प्रतिशत बेपत्ता बनाइदिन्छ ? मानव सभ्यतामा यो अझै पनि रहष्यकै गर्भमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष