NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विप्लव कार्यकर्ताले गापा अध्यक्ष र प्रशासकीय अधिकृतलाई हातपात गर्दै दले कालोमोसो

प्युठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेका छन् ।

अध्यक्ष रानाका अनुसार वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी विभिन्न  सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला अचानक एक समूहले हातपात गरेका थिए ।

हामी ‘हामीले विद्यालयमा पठनपाठनलाइ कसरी व्यवस्थित ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका थियाैँ । हामीले छलफलमा बोल्नै बाँकी थियाे । एक्कासी ती युवाहरू आएर मोसो दली हातपात गरेर भागे ।’ उनका अनुसार  स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् ।

केही दिनअघि विप्लप समूहले चन्दा मागेकाे र आफूले नदिएको रिसमा त्यसाे गरेको हुन सक्ने उनको अनुमान छ  । तर यहि कारणले आफूमाथि हातपात गरेको हो भन्नेमा उनी निश्चित भने नभएको बताए ।

सम्बन्धित समाचार :