सन्दीपले लिए तीन विकेट
काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले नवौं सफलता हासिल गरेको छ ।
यसक्रममा कप्तान सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । उनले चार ओभरमा १२ रन खर्चेर तीन विकेट चट्काएका हुन् ।
यसअघि कमलसिंह ऐरीलेले दुई तथा अविनाश बोहरा र कुशल मल्लले एक विकेट लिएका छन् ।
क्यानडाले १३ ओभरको समाप्तिमा नौ विकेट गुमाएर ६६ रन बनाएको छ ।
क्यानडाले टस जितेर ब्याटिङ गर्ने निधो गरेको हो ।
यस्तो छ नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया