NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

क्यानडाले नेपाललाई दियो ८१ रनको झिनो लक्ष्य

काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले पहिलो इनिङमा सानदार प्रदर्शन गरेको छ । नेपाली बलरहरूसामु क्यानेडियन ब्याट्सम्यानहरू निरिह साबित भएका छन् ।

टस जितेर ब्याटिङ गरेको क्यानडा पूरै ओभरसम्म पनि टिक्न सकेन । क्यानडाले १५ ओभरमै अलआउट हुँदै ८० रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।

यससँगै नेपाललाई क्यानडाले ८१ रनको झिनो लक्ष्य दिएको छ । नेपालले ब्याटिङ सुरु गरेको छ ।

यस्तो छ नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।