NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विश्वकपमा छनोट हुन नेपाल मात्रै एक कदम पछाडि, यस्तो छ युएईसँगको पछिल्ला चार खेलको नतिजा

काठमाडौं । २०१४ मा टि–२० विश्वकप खेलेको नेपाल फेरि विश्वकप खेल्नबाट एक खुट्किलो मात्रै टाढा छ । भोलि हुने सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपालले आगामी अक्टोबरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्नेछ ।

नेपाल ग्रुप बीमा लगातार तीन खेल जित्दै सेमिफाइनमा पुगेको हो । यस क्रममा नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन दोस्रो खेलमा, फिलिपिन्सलाई १३६ र अन्तिम खेलमा सोमबार क्यानडालाई ८ विकेटले पराजित गर्दै शतप्रतिशत जितसहित समूहविजेता बनेको हो ।

नेपालले पहिलो खेलमा ३९ रनले हराएको ओमान लगातारका खेलमा क्यानडा र फिलिपिन्सलाई समान ९/९ विकेटले पराजित गर्दै सेमिफाइन पुगेको हो । सेमिफाइनमा आयोजक ओमानले आयरल्याण्डसँग खेल्नेछ ।

उता नेपालको पाएको प्रतिद्वन्द्धी युएई भने तीन मध्ये दुईमा जित र एउटामा हारसहित समूहको एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनमा पुग्ने क्रममा युएईले पहिलो खेलमा आयरल्याण्डलाई १८ रनले पराजित गरेको थियो । दोस्रो खेलमा जर्मनीलाई २४ रनले पराजित गरेर चार अंक जोडेको थियो । तर सोमबार बहराइनसँग २ रनले पराजित भएर पनि रनरेटमा अघि रहँदै युएईले सेमिफाइनलको टिकट काटेको हो । यो समूहबाट आयरल्याण्ड, युएई र बहराइनको समान चार चार अंक थियो । तर युएईमाथि साँघुरो २ रनको जितले बहराइन सेमिफाइनल पुग्नबाट बञ्चित हुन पुग्यो ।

खेल भोलि मंगलबार नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरू हुनेछ ।

यस्तो छ युएईसँगको नेपालले खेलेको चार खेलको नतिजा

युएई नेपालको पारम्पिरक प्रतिद्धन्द्धी हो । पछिल्लोपटक ओमानमा गत फेब्रुअरी १२ मा भएको सिरिजमा नेपाल युएईसँग पराजित भएको थियो । सो सिरिजमा १९३ रनको लक्ष्य पछ्याएको नेपाल २५ रनले पराजित भएको थियो । यही पराजयले नेपाल टि २० को वरियतामा युएईभन्दा पछाडि परेको थियो ।

२०१९ को फेब्रुअरीमा युएईमा भएको टी २० को तीन खेलको सिरिज नेपालले जितेको थियो । २०१९ फेब्रुअरी ३ मा भएको टि २० सिरिजमा नेपाल १४ रनले विजयी भएको थियो । १० ओभरमा छोट्याइएको सो खेलमा नेपालले १०४ रन बनाएको थियो । तर युएईले ८ ओभरमा १० विकेट गुमाउँदा ९० रन मात्रै बनाउन सकेको थियो ।

त्यस अघि १ फेब्रुअरीमा भएको सिरिजको दोस्रो खेलमा नेपालले २० ओभरमा १०७ रनमा युएईलाई रोकेर ३ बल बाँकी छँदै चार विकेटको विकेटको जित निकालेको थियो ।

सोही सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । ३१ जनवरीमा भने नेपाल युएईसँग २१ रनले पराजित भएको थियो । १५४ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा समेटिएको थियो ।

नेपाललाई विश्वकपनजिक पुर्याउन कसले कस्तो खेले ?