NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

१२ प्रहरी सम्पर्कविहीन

उपस्थित हुन प्रधान कार्यालयले जारी गर्यो सातदिने सूचना

काठमाडौं । १२ प्रहरी विना जानकारी सम्पर्कविहीन भएका छन् । विभिन्न कार्यालयमा कार्यरत प्रहरी जवानहरू पछिल्लो तीन महिनामा बिना जानकारी कार्यालयमा गैरहाजिर रहेका हुन् ।

गैरहाजिर रहेका प्रहरी जवानहरूमा विशेष प्रहरी कार्यालय गुल्म महाराजगञ्जमा दरबन्दी रहेका राजकुमार शाह, कर्णाली प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. २, सुर्खेतमा कार्यरत डिलबहादुर पुन मगर, महानगरीय प्रहरी पहरा गण गुल्म नं. ४, सामाखुशीमा कार्यरत विजेन्द्र कार्की, इलाका प्रशासन कार्यालय, दिल्पा भोजपुरमा कार्यरत आशाराम महतो, १ नं. प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. १, रानी विराटनगरमा कार्यरत वुद्धवीर तामाङ, प्रहरी चौकी नरसिंहटप्पु, सुनसरीमा कार्यरत मुस्कान वान्तवा र पुट्टार तनहुँमा कार्यरत विष्णु विक छन् ।

त्यसैगरी, स.प्र.से दैलेखमा कार्यरत अर्जुन पुन, व.प्र.का धनगढीमा कार्यरत रामचन्द्र जोशी, म.न.प्रस.स.अ.स.मा कार्यरत गणेश सिंह धामी, इलाका प्रशासन कार्यालय, गौशाला महोत्तरीमा कार्यरत केशव बुढाथोकी र वाग्मती प्रदेश स.प्र. गण गुल्म नं. २, रातोमाटेमा कार्यरत पवन विक पनि विनाजानकारी कार्यालयमा अनुपस्थित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी अनुशासनविपरीत जवानहरू अनुपस्थित रहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउनेबारेको सातदिने सूूचना जारी गरेको छ । चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन सुझाएको प्रधान कार्यालयले अटेरी गरेमा प्रहरी नियमावलीअनुसार थप कारबाही गर्ने चेतावनी दिएको छ ।