NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

विश्वकपमा छानिन युएईविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल, यी हुन् प्रभाव पार्न सक्ने सम्भावित खेलाडी

काठमाडौं । नेपाल दोस्रोपटक टि–२० विश्वकपको लागि छानिने संघारमा छ । तर नेपाली समय अनुसार आज दिउसो पौने चार बजे हुने युएईविरुद्धको खेलमा नेपालले जित हात पार्नैपर्ने हुन्छ । हारले मुखैमा आएको विश्वकप खेल्ने सपना अधुरै रहने पक्का छ । यसैले समूह चरणमा गरेकोभन्दा पनि उत्कृष्ट प्रदर्शन युएईविरुद्ध गर्नुपर्ने दबाबमा नेपाल छ ।

नेपालले ग्रुप बीमा लगातार तीन खेल जित्दै समूह विजेताको रूपमा आफूलाई सेमिफाइनमा पुर्याएको हो । यस क्रममा नेपालले ओमानलाई ३९, फिलिपिन्सलाई १३६ र क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस क्रमम नेपालले ओमानलाई ७८ रन, क्यानडालाई ८० र फिलिपिन्सलाई ८२ रनमा रोकेको थियो । यो भनेको बलरहरूको उत्कृष्ट प्रदर्शन हो ।

पारम्पिरिक प्रतिद्धन्दी युएईले सेमिफाइनमा पुग्ने क्रममा पहिलो खेलमा आयरल्याण्डलाई १८ रनले पराजित गरेको थियो । दोस्रो खेलमा जर्मनीलाई २४ रनले पराजित गर्यो । सोमबार बहराइनसँग २ रनले पराजित भए पनि रनरेटमा अघि रहँदै युएईले सेमिफाइनल पुगेको हो ।

नेपालका लागि आजको खेलम बलिङतर्फ प्रभाव पार्न सक्ने खेलाडीमा कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र अविनाश बोहोरा छन् । जारी प्रतियोगितामा यी खेलाडीले टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

ब्याटिङमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी जमेका छन् । आज पनि यी खेलाडीले आज पनि प्रभाव पार्न सक्ने आकलन गरिएको छ । ओमानमा जारी प्रतियोगितामा ऐरीले निरन्तर प्रभावशाली प्रदर्शन गर्दै राम्रो रन जोडिरहेका छन् । ऐरीले बलिङमा पनि उत्तिकै प्रभाव पार्न सक्छन् ।

युएईका तर्फबाट ब्याटिङमा प्रभाव पार्न सक्ने खेलाडीमा भ्रित्या अरविन्द र मुहम्मद वासिम छन् । बलिङतर्फ रोहन मुस्तफा र कौशिफ दौड छन् ।

यस्तो छ युएईसँगको नेपालले खेलेका पछिल्ला चार खेलको नतिजा

युएई नेपालको पारम्पिरक प्रतिद्धन्द्धी हो । पछिल्ला चार खेलमा नेपालले दुई र युएईले पनि दुई खेल जितेको छ । पछिल्लोपटक ओमानमा गत फेब्रुअरी १२ मा भएको सिरिजमा नेपाल युएईसँग पराजित भएको थियो । सो सिरिजमा १९३ रनको लक्ष्य पछ्याएको नेपाल २५ रनले पराजित भएको थियो । यही पराजयले नेपाल टि २० को वरियतामा युएईभन्दा पछाडि परेको थियो ।

२०१९ को फेब्रुअरीमा युएईमा भएको टी २० को तीन खेलको सिरिज नेपालले जितेको थियो । २०१९ फेब्रुअरी ३ मा भएको टि २० सिरिजमा नेपाल १४ रनले विजयी भएको थियो । १० ओभरमा छोट्याइएको सो खेलमा नेपालले १०४ रन बनाएको थियो । तर युएईले ८ ओभरमा १० विकेट गुमाउँदा ९० रन मात्रै बनाउन सकेको थियो ।

त्यस अघि १ फेब्रुअरीमा भएको सिरिजको दोस्रो खेलमा नेपालले २० ओभरमा १०७ रनमा युएईलाई रोकेर ३ बल बाँकी छँदै चार विकेटको विकेटको जित निकालेको थियो ।

सोही सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । ३१ जनवरीमा भने नेपाल युएईसँग २१ रनले पराजित भएको थियो । १५४ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा समेटिएको थियो ।