NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाललाई पहिलो सफलता, जितेन्द्रले लिए विकेट

काठमाडौं । टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत अहिले ओमानमा नेपाल र युएईबीच खेल भइरहेको छ ।

यसैबीच, नेपालले पहिलो विकेट लिएको छ । दोस्रो ओभरमै नेपालले विकेट लिएको हाे ।

जितेन्द्र मुखियाले नेपाललाई सफलता दिलाएका हुन् । उनले ओपनर चिराग सुरीलाई आउट बनाएका हुन् ।

यस्तो छ नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अविनाश बोहरा ।