NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विरुवा नरोपी वृक्षरोपण गर्ने अधिकृतसहित चारविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विरूवासमेत नरोपी वृक्षरोपणको नाममा विनियोजित रकम दुरूपयोग गर्ने पाँचजना विरूद्ध मुद्दा दायर गरेको छ । आयोगले आज जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलसहित चारजना विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा पटेलले आर्थिक वर्ष २०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षरोपणका लागि विनियोजित तीन लाख ६० हजार रूपैयाँ हिनामिना गरेको पुष्टि भएको छ ।

आयोगले पटेलसहित अन्य चारजनालाई पनि मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा तत्कालिन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेल र सह लेखापाल जनकराज जोशी विरुद्द मुदा दायर भएको हो ।

उनीहरूले रकम भुक्तानी दिन कार्यलय प्रमुखलाई सिफारिस गरेका थिए । सोही सिफारिसकै आधारमा सम्झौता रकमको शतप्रतिशत रकम भुक्तानी दिइएको हुँदा उनीहरू माथि पनि उक्त रकम बिगो माग दाबी गरिएको छ ।

त्यस्तैगरी अर्का प्रतिवादी जागरण विकास केन्द्र्र नेपाल सिम्रौनगढ ११ का अध्यक्ष मदन प्रसाद जैसवारले पनि रकम हिनामिना गरेको पुष्टि भएको छ ।

उनले वृक्षरोपणका लागि पेश्की रकम लिएर तारवारसमेत नगरी स्थानीयलाई काममा लगाएजसरी झारो टार्ने किसिमले वृक्षरोपण गरी रकम हिनामिना गरेको पुष्टि भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष