NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युएईले दियो नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं । टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत अहिले ओमानमा नेपाल र युएईबीच खेल भइरहेको छ ।

यसैबीच, पहिलो इनिङ्स सकिएको छ ।

टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको छ ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले समान तीन विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले एक विकेट चट्काए ।

अब नेपालले १७६ रनको विशाल लक्ष्य पछ्याउनेछ ।

यस्तो छ नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अविनाश बोहरा ।