NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

शाहीलाई सुशासन प्रमुख मनोनित गर्दै लिङ्देनले भने, ‘पार्टीको वृहत्तर हितमा काम गर्ने विश्वास छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सुशासन विभागको प्रमुखमा ज्ञानेन्द्र शाहीलाई मनोनयन गरिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आज शाहीलाई मनोनयन गरेका हुन् ।

विभाग प्रमुखमा मनोनित गरेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले शाहीले पार्टीको वृहत्तर हितमा काम गर्ने विश्वास लिएको बताएका छन् ।

केही दिनअघि राप्रपामा प्रवेश गरेका शाहीलाई पार्टीको प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।

शाही भ्रष्टाचारविरोधी अभियान लगाउँदै आएका व्यक्ति हुन् ।

May be an image of text