NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विवेकशील साझाका युवा नेता राप्रपामा

काठमाडौं । विवेकशील साझा पार्टीका र युवा नेता राजाराम केसी र गायिका सोनिका लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्

पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आज पार्टी कार्यालयमा उनीहरूलाई सदस्यता दिँदै पार्टीमा स्वागत गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

May be an image of 5 people, people sitting and people standing

रवीन्द्र मिश्र नेतृत्वको पार्टी विवकशील साझाले पनि पछिल्लो समयमा संघीयताको खारेजी र हिन्दूराष्ट्रको विषयमा जनमत संग्रहको माग गर्दै आएको छ ।

राप्रपाले भने संघीयताको खारेजीसँगै हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएको छ ।

खाली राजसंस्थाको विषयमा मात्र एजेण्डा मिलिसकेको छैन । यद्यपि, विवकेशील साझा पनि राजसंस्ताप्रति नरम भने देखिन्छ । यस्तोमा विकेकशीलका नेता राप्रपामा प्रवेश गरेका हुन् ।