NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नाबालिग गायिकाका बुवाले पलविरुद्ध दिएको जाहेरीमा के छ ?

काठमाडौं । अभिनेता तथा मोडल पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको छ ।

नाबालिग गायिकाका बुवाले जाहेरी दिएका हुन् । तर, जाहेरीमा उनको नाम भने छैन । जाहेरीवालाको नाममा ‘त अधिकारी’ राखिएको छ ।

नायक शाहले गत वैशाख १४ गते सुटिङ सकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा बास बसेको क्रममा नाबालिग गायिकालाई जर्बजस्ती बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

साथै, शाहले यसअघि पनि ०७७ पुस १० गते पोखरास्थित होटल प्राइममा र सोही वर्षको चैत ७ गते चितवनस्थित गैँडाकोट रिसोर्टमा पटक–पटक करणी गरेको समीक्षाका बुवाले दिएको जाहेरीमा उल्लेख छ ।

नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जबर्जस्ती यौन सम्बन्ध राखेको आरोप उनका बुवाले लगाएका छन् ।