NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रुसी घोषणा दुर्भाग्यपूर्ण, जि–सेभेनका नेताको बैठक राखेर थप कदम चाल्छौं : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनविरुद्ध घोषणा गरेको युद्धलाई दुर्भाग्यपूर्ण भनेका छन् । मानवीय क्षति र पीडा निम्त्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोजेको उनको आरोप छ ।

बाइडनले विश्वले यो कदममा रुसलाई जिम्मेवार ठहर्‍याउने बताए ।

‘राष्ट्रपति पुटिनले दुर्भाग्यपूर्ण ढंगले मानवीय क्षति र पीडा निम्त्याउने योजनाबद्ध युद्ध रोजेका छन्,’ बाइडनले भनेका छन्, ‘विश्वले यसमा रुसलाई जिम्मेवार ठहर्याउने छ ।’

बाइडनले ह्वाइट हाउसबाटै अवस्थाको निगरानी गरिराखेको उल्लेख गर्दै जि–सेभेन नेताहरूसँग भेटेर थप कदमबारे निर्णय गरिने बताए ।

‘यो हमलाका क्रममा हुने मानवीय तथा भौतिक क्षतिमा रुस एक्लै जिम्मेवार हुनेछ,’ बाइडनलाई कोट गर्दै बिबिसीले लेखेको छ, ‘यसविरुद्ध अमेरिका र उसका साझेदारहरूले एकीकृत र निर्णायक ढंगले जवाफ दिनेछन् ।’