एमसिसीलाई लिएर एकीकृत समाजवादी र जसपामा दुई धार, ह्वीप लगाए पार्टी फुट्न सक्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्नुअघि रणनीति तय गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल भएको छ । एकीकृत समाजवादी पार्टी संसदीय दलको कार्यलय सिंहदरबारमा बिहीबार बिहान साझा धारणा तय गर्न बैठक बसेको नेता देव गुरुङले जानकारी दिए । एमसिसी प्रकृया अगाडि बढेको खण्डमा कसरी सामना गर्ने भन्नेबारे शीर्ष नेताबीच गम्भीर छलफल भएको थियो ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समान्नित नेता झलनाथ खनाल सहभागी थिए । बैठकमा आवश्यक परे आफ्ना सांसदहरूलाई ह्वीप लगाउनेसम्म तयारी भएको खनालनिकट एक नेताले जानकारी दिए । उनका अनुसार यथास्थितिमा एमसिसी संसद्बाट पारित हुन नसक्ने र सरकार जबर्जस्ती अगाडि बढे विपक्षीमा दतदान गर्न सांसदलाई ह्वीप लगाउनेबारे छलफल भएको छ । शीर्ष नेताको छलफल लगत्तै प्रधानमन्त्रीलाई भेट प्रचण्ड बालुवाटार गएका थिए ।
ह्वीप लगाए पार्टी फुट्न सक्छ
संशोधनविना एमसिसी अगाडि बढाउन नहुनेमा माओवादी केन्द्रमा विवाद नभएपनि एकीकृत समाजवादीमा अन्यौलता देखिएको छ । एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनाल सुरूदेखि नै यथास्थितिमा एमसिसीको विपक्षमा छन् । सरकारमा सहभागी मन्त्रीहरू पक्षमा उभिएका छन् । २३ सांसद रहेको एकीकृत समाजवादीमा दलले ह्वीप लगाएको खण्डमा पार्टी विभाजन हुने जोखिम रहेको छ ।
त्यस्तै १९ सिट रहेको जसपाभित्र एमसिसीलाई लिएर संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच संघर्ष चर्किएको छ । शक्ति संघर्षका कारण जसपाले आफ्ना सांसदहरूलाई ह्वीप लगाउन सकेको छैन । भट्टराई एमसिसी पास गर्नुपर्ने पक्षमा देखिएका छन् भने यादव यथास्थितिमा पास गर्न नहुने पक्षमा देखिएका छन् । एमसिसीको पक्ष-विपक्षमा ह्वीप लगाएमा जसपा पनि फुट्न सक्ने आँकलन गरिएको छ ।
संसदबाट एमसिसी अनुमोदनका लागि निर्णायक शक्ति मानिएका एकीकृत समाजवादी र जसपाभित्रको आन्तरिक संघर्षका कारण एमसिसी पास वा फेल के हुन्न भन्नेमा स्पष्ट हुन सकेको छैन । यी दुई दलभित्रको आन्तरिक संघर्षका कारण एमसिसीको पक्ष-विपक्षमा दलीय ह्वीप लगाए एमसिसी बिल संसद्मा धरापमा पर्नुको साथै पार्टी विभाजन हुने खतरा बढ्दै गएको देखिन्छ ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया