NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माघमा मात्रै जीवन बीमा कम्पनीले आर्जन गरे १० अर्ब ३८ करोड बीमा शुल्क, नेपाल लाइफ अग्रस्थानमा

काठमाडाैं । चालु आर्थिक वर्षको माघमा मात्रै १९ जीवन बीमा कम्पनीले १० अर्ब ३८ करोड ८४ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्यांकअनुसार कम्पनीहरूले उक्त अवधिमा दुइ अर्ब ४२ करोड २९ लाख प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै कम्पनीहरूले ७ अर्ब ९६ करोड ५५ लाख नविकरण शुल्क आर्जन गरेका छन् । कम्पनीहरूले माघमा मात्रै १० लाख ३८ हजार ५२२ बीमालेख जारी गरेका छन् ।

समितिको तथ्यांकअनुसार कम्पनीहरूले चालु आवको सात महिनामा कुल ८१ अर्ब ३० करोड १६ लाख रुपैयाँ बीमा शुलक आर्जन गरेका छन् । सोही अवधिमा कम्पनीहरूले २३ अर्ब ३ करोड २६ लाख प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै सोही अवधिमा कम्पनीहरूले ५८ अर्ब २६ करोड ९७ लाख नविकरण शुल्क आर्जन गरेका छन् । सोही अवधिसम्म कम्पनीहरूको सक्रिय बीमालेखको संख्या एक करोड १० लाख ८६ हजार ६८९ पुगेको छ ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ पहिलो नम्बरमा

समितिको तथ्याङक अनुसार ७ महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा कुल २१ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । उक्त कम्पनीले सोही अवधिमा ३ अर्ब ८७ करोड १९ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले सोही अवधिमा १७ अर्ब २१ करोड ३४ लाख नविकरण शुल्क आर्जन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)
नेपाल लाइफपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) रहेको छ । सो कम्पनीले माघसम्ममा ९ अर्ब ७५ करोड ४० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।
उक्त कम्पनीले सोही अविसम्ममा एक अर्ब ४८ करोड २९ लाख प्रथम बीमा शुल्क, ८ अर्ब २७ करोड ११ लाख नविकरण शुल्क आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

माघ महिनासम्म नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सोही अवधिसम्ममा २ अर्ब ५५ करोड ४० लाख प्रथम बीमा शुल्क, ५ अर्ब ३४ करोड ३२ लाख नविकरण शुल्क आर्जन गरेको छ ।

अन्य बीमा कम्पनीहरूको यस्तो छ विवरण :