NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

फोर्स गुर्खाको बुकिङ खुल्ला, यस्तो छ सुरुवाती मूल्य

काठमाडौं । सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स गुर्खा जिपको बुकिङ खुला गरिएको छ ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशनअन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गुर्खाको बुकिङ खुला भएको जानकारी दिएको हो । विशेष गरी अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

यसको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार अहिले तोकिएको मूल्य केही समयको लागि मात्र लागु हुने छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको कम्पनीको भनाइ छ ।

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको कम्पनीको दाबी छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्शक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्शक फिचर रहेका छन् ।

कम्पनीका अनुसार फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एविएस्ईडिवि व्रेक र रिभर्स पार्किङ सेयर जस्ता फिचर्स रहेका छन् ।

थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिने पनि कम्पनीले जानकारी गराएको छ ।

नेपाल आयो फोर्स गुर्खा, कति छ मूल्य ?