NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

युक्रेनमाथि रुसी आक्रमणको विरोधमा बार्सिलोना र नापोलीका खेलाडीको प्रदर्शन, भने, ‘युद्ध रोकौं’

काठमाडौं । युरोपा लिग खेलिरहेका खेलाडीहरूले युक्रेनमाथि भएको आक्रमणको विरोध गरेका छन् । जसमा युरोपेली क्लब र समर्थकहरूको पनि साथ रहेको थियो ।

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीचको खेलपछि दुबै क्लबका खेलाडीले ’युद्द रोकौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

नापोलीको घरेलु मैदानमा भएको उक्त खेल बार्सिलोनाले जितेको थियो । बार्सिलोनाका तर्फबाट जोर्डी अल्बा, फ्रंकी डे जोङ, जरार्ड पिके र पियरेक इमरिक ओमाबियाङले एक–एक गोल गरेका थिए ।

त्यस्तै, नापोलीको तर्फबाट ओउरेन्जो इन्सिने र मेटिओ पोलिटानोले एक–एक गोल फर्काएका थिए ।