NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

युद्धको प्रभाव फुटबलमा पनि, यी तीन देशले गरे रुसमा खेल्न अस्वीकार

काठमाडौं । रुसको छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । त्यसको प्रभाव फुटबलमा समेत परेको छ ।

यसैबीच, स्विडेन, चेक रिपब्लिक र पोल्याण्डले आगामी मार्चमा रुसमा हुने तय भएका विश्वकप छनोटको प्ले अफअन्तर्गतका खेल खेल्न अस्वीकार गरेका छन् ।

रुसको राजधानीमा मस्कोमा ती खेल हुने तय थियो । प्ले अफको पहिलो सेमिफाइनलमा मार्च २४ मा रुसले पोल्याण्डको सामना गर्ने तय थियो ।

यस्तै रुसले समिफाइनल जितेमा स्विेडन वा चेक रिपब्लिकविरुछ फाइनल खेल खेल्ने तय भएको थियो ।

तीन देशले यी खेल रुसमा खेल्न बहिस्कार गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।