NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जबर्जस्ती करणीको आरोपपछि पल शाहले प्रहरीसामू उपस्थिति हुन नससेकोबारे दिएका ३ कारण यस्ता छन्

काठमाडौं । नाबालिग एक गायिकलाई जबर्जस्ती करणी गरेकाेबारे परेको उजुरीपछि फरार रहेका नायक पल शाहले आफैं प्रहरीसामु गिरफ्तारी दिने घोषणा गरेका छन् । गायिकामाथि जबर्जस्ती करणीबारे तनहुँ प्रहरीमा जाहेरीपछि तीन दिनदेखि प्रहरीले शाहको खोजी गरेको थियो । तर उनलाई प्रहरीले भेट्न सकेको छैन ।

तर आइतबार बिहान सामाजिक संजालमा स्टाटस लेख्दै शाहले आफू प्रहरीसमक्ष उपस्थित हुन नसक्नुको कारण दिंदै माफी मागेका छन् । र आजै प्रहरीसमक्ष उपस्थित हुने उल्लेख गरेका छन् ।

शाहले पहिलो कारणमा स्वास्थ्य स्थिति बिग्रेको उल्लेख गरेका छन् । तर के भएको हो खुलाएका छैनन् । दोस्रो घरको सबै घर व्यवहार मिलाउनुपरेको कारण दिएका छन् । तर प्रहरीमा उपस्थित हुनुपर्ने मान्छे कस्तो व्यवहारमा फसेको हो उल्लेख गरेका छैनन् ।

शाहले तेस्रो कारण दिंदै शुक्रबारदेखि म यस्तो गीत गाउँछु २ को प्रदर्शन नेपालभर भएकोले फिल्मलाई असर नपरोस् भन्दै प्रहरीसामू उपस्थित हुन नसकेको भन्दै माफी मागेका छन् ।

र अन्तिममा शाहले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार नै नेपाल प्रहरीसामू आफैं उपस्थित हुने जानकारी फेसबुकमार्फत् गराएका छन् ।
‘मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यवाद ।’ पलले सामाजिक संजालमा लेखेका छन् ।

केही दिन अगाडि ती गायिकाका बाबुले शाहविरूद्ध जबरजस्ती करणीमा जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो । केही दिन अगाडि नै नायक शाह र गायिकाको अडियो रेकर्ड सार्वजनिक भएको थियो । उक्त रेकर्डमा गायिका अधिकारीलालाई नायक शाहले जबरजस्ती करणी गरेको र विवाह गर्न नचाहेको कुरा सुन्न सकिन्छ ।

तर अडियो रेकर्डमा भएका कुराहरू वास्तविक नभएको दाबी पलले गर्दै आएका छन् । उनले आफूलाई आफ्ने व्यवसायी साथीहरूले फसाएको भन्दै सामाजिक सञ्जालमार्फत नाम पनि सार्वजनिक गरेका थिए । साथै जाहेरीपछि अरु अडियोसमेत पलले सामाजिक संजालमा सार्वजनिक गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष