NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । बुंगल नगरपालिका–३ का ३८ वर्षिय चालक जय बहादुर बोहराको मृत्यु भएको हो ।

सोही ठाउँका करिब ३९ वर्षिय हर्कबहादुर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर बिष्टले बताए ।

शनिबार बेलुका ५ बजेतिर घर निर्माणको लागि काठ बोकेर खोल्लेक जानेक्रममा बुंगल नगरपालिका– ३ स्थित बुंगल रन्लेक सडक खण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

बोहराको देउलेक प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बिष्टले जानकारी दिए ।

घाइते बोहराको अवस्था सामान्य छ । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।