NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमसिसीबारे व्याख्यात्मक घोषणा होइन भ्रमात्मक घोषणा हो : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले एमसिसीबारे गरिएको भनिएको व्याख्यात्मक घोषणा भ्रमात्मक घोषणा भएको बताएका छन् । एमसिसीको विस्तृत छलफलमा भाग लिंदै रावलले एमसिसी नेपालीलाई ठग्ने सम्झौता भएको बताएका हुन् ।

‘सन्धी र सम्झौता दुई पक्षमा रुपमा हुनुपर्ने तर यस्तो भइरहेको छैन । अहिलेको यो ठगपत्र हो । यो पास भए निर्लज्ज, कलंकको रुपमा अंकित हुनेछ’ रावलले भने, ‘प्रतिनिधिसभामा आधा घण्टा समय दिनुस् यो कसरी राष्टघाती र नेपालको हित विपरीत छ भनेर म व्याख्या गर्छु ।’

यस अघि महाकाली सन्धीमा गरिएको संकल्प प्रस्ताव आज कहाँ छ भन्दै जनता झुक्याउन व्याख्या गरिएको भन्दै एमसिसी राष्ट्रघाती भएको दोहोर्याए ।

संसदमा एमालेको अवरोध जारी रहे पनि रावलले छलफलमा भाग लिएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष