NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमसिसी पास भएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । आइतबार संसदबाट अमेरिकी आर्थिक सहयोग एमसिसी पास भए पछि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक विषयसँगै एमसिसी पास भएपछि अवस्थाबारे जानकारी गराउने केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । पत्रकार सम्मेलन अाज दिउसाे तीन बजे हुन लागेकाे हाे ।

प्रवक्ता महतले यस अघिदेखि निरन्तर एमसिसी नेपालको हितमा रहेको भन्दै सत्तारुढ दलबीच सहमति जुटाएर एमसिसी पास गर्ने बताउँदै आएका थिए ।

आइतबार विवाद उठेका विषयमा सरकारल १२ बुँदामा व्याख्यात्मक घोषणा गरेपछि प्रतिनिधिसभाबाट ६० अर्ब रुपैयाँको आर्थिक अनुदानसम्बन्धी सम्झौता बहुमतले अनुमोदन भएको थियो ।

अन्य दल एमसिसीको विपक्षमा रहे पनि कांग्रेसले पक्षमा पार्टीबाट सर्वसम्मत निर्णय गरेर सत्तारुढ अरु पार्टीलाई पनि मनाएको थियो ।