NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

फिफाद्वारा रुसमाथि कारवाही, अब राष्ट्रिय झण्डाविना नै खेल्नुपर्ने

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरिहेको छ । यससँगै अधिकांश पश्चिमा राष्ट्र रुसविरुद्ध उत्रिएका छन् । यसको असर फुटबलसम्म पुगेको छ ।

फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले रुसी राष्ट्रिय फुटबल टोलीमाथि पनि कारवाही गरेको छ ।

अब रुसी टोलीले राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना नै अन्तराष्ट्रिय खेल खेल्नुपर्ने भएको छ । फिफाले यस्तो निर्देशन दिएको हो ।

अब रुसले फुटबल युनियन अफ रसियाको नाममा तथष्ट भएर अन्तराष्ट्रिय खेल खेल्न भने पाउनेछ ।

युक्रेनमाथि रुसी आक्रमणको विरोधमा पछिल्लो समय युरोपका विभिन्न देशले रुससँग खेल खेल्ने अस्वीकार गरेका छन् ।

जसमा स्विडेन, पोल्याण्ड, चेक रिपब्लिक, इंग्ल्यान्ड र वेल्स रहेका छन् ।