NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमसिसी सम्झौताले सबैभन्दा धेरै क्षति प्रचण्डलाई : विप्लव

मसिसी पास गर्नुमा प्रचण्ड र माधव नेपालको ठूलो धोकाधडी छ । उहाँहरूले अलिकति अडान राखेको भए देशको राजनीति कोर्स बदलिने थियो । धेरै ठूलो बहस र समीक्षा हुन्थ्यो । प्रचण्ड–माधव (पुष्पकमल दाहाल र माधवकुकार नेपाल)ले सुरु–सुरुमा जसरी एमसिसी खारेज गर्नुपर्छ भन्नुभएको थियो । त्यसमा एक सिन्को बराबार पनि अडिनुभएन । सडकमा उहाँहरूकै कार्यकर्ताको टाउको फुटेको छ । प्रचण्ड–माधवजीमा बाहिर भन्ने र भित्र गर्नेमा धेरै ठूलो अन्तर्विरोध देखियो । बाहिर राष्ट्रियताको गफ लगाउनुभयो तर काम चाहिँ राष्ट्रघात गर्नुभयो । एमसिसी संसदबाट पास गर्नुमा प्रचण्ड–माधवको महत्वपूर्ण भूमिका छ । अब जनताले राम्रोसँग बुझ्न जरुरी छ ।

लडाइँमा त हामी प्रचण्डसँगै बसियो, लडियो पनि । त्यतिबेला ठीकै लाग्थ्यो तर पछिल्लो समय प्रचण्डजीसँगै बस्ने साथीहरूले नै भन्न थाल्नुभएको छ, उहाँ लडाइँ हाक्ने मानिस होइन रहेछन् । अहिले उहाँहरू प्रचण्डजीसँगै हुनुहुन्छ । उहाँहरूले मलाई भन्नुहुन्थ्यो । यो मान्छे लडाइँ हाँक्ने मानिस होइन है ।

शान्ति प्रक्रियामा आएपछि एकपछि अर्को घटना हेर्दा प्रचण्डको प्रवृत्ति के रहेछ भन्ने बुझियो । उहाँ एकदमै आत्मसमर्पणवादी सम्झौता परस्त देखियो । क्रान्तिकारी त्यस्ता हुँदैनन् । उहाँ जत्तिको नेतामा लगातार यस्तो गल्ती दोहोरिनु देशकै लागि चिन्ताको विषय हो । कटुवाल प्रकरणमा पनि त्यही देखियो । दिल्लीको १२ बुँदे सम्झौतामा पनि देखियो । तत्कालीन माओवादी र सात दलबीच भएको सम्झौतालाई प्रचण्डले हाम्रो अगाडि धोका भन्नुभयो । भोलिपल्टै अहिले त्यति मानौं पछि ठीक हुन्छ भन्नुभयो । पहिला उहाँले विद्रोह अनि संविधान भन्नुभयो । अहिले विद्रोह गल्ती थियो भन्न थाल्नुभएको छ ।

प्रचण्ड महापतनको बाटोमा छन् । एमसिसी सम्झौताले सबैभन्दा बढी क्षति प्रचण्डलाई हुन्छ । हुन त उहाँले तर्क गर्नुहुन्छ । मैले १२ बुँदे गरे । कुशलतापूर्वक गरें भन्नुहुन्छ । तर, बाहिर जनताले प्रचण्डका कारण राष्ट्रघात भयो भनेर बुझेका छन् । उहाँले अडान राख्न सक्नुपथ्र्यो वा सत्ताबाट बाहिरिनु पथ्र्यो । तर त्यसो गर्नुभएन ।

उहाँले चुनबाङमा त्यसो भन्नुभएको भए के हुन्थ्यो ? बालाजु र खरिपाटी भेलामा विद्रोह मेरो लाइन होइन भनेको भए उहाँ कहाँ पुग्नुहुन्थ्यो ? यसरी कार्यकतालाई झुक्याउँदै जनतालाई सिथिल बनाउँदै उहाँले लगिराख्नुभएको छ । यसले उहाँलाई बचाइराखेको जस्तो लाग्छ, अन्ततः उहाँलाई सिद्धाइराखेको छ ।

पछिल्लो समय प्रचण्डको सम्झौता परस्त र आत्मसमर्पणवादी चिन्तन प्रवृत्ति देखिएको छ । यसको पछाडि उहाँलाई के लाग्छ भने उहाँलाई आफ्नो रक्षा, सत्तासँग जोडिएको स्वार्थको रक्षा प्रमुख हो । अहिले उहाँभित्र अभिजात वर्गीय र नव धनाढ्य वर्ग बढिराखेको छ । त्यसको घेराबन्दीमा उहाँ पर्नुभएको छ । यसबाट के बुझ्न सकिन्छ भने उहाँले आफ्नो रक्षा जनतासँग देखिएको छैन । सत्तासँग मिलेर आफ्नो रक्षा देखिराख्नुभएको छ । त्यसले उहाँलाई झन् पछि झनै गिराउँदै लगिराखेको छ । प्रचण्ड महापतनको बाटोमा छन् । एमसिसी सम्झौताले सबैभन्दा बढी क्षति प्रचण्डलाई हुन्छ । हुन त उहाँले तर्क गर्नुहुन्छ । मैले १२ बुँदे गरे । कुशलतापूर्वक गरें भन्नुहुन्छ । तर, बाहिर जनताले प्रचण्डका कारण राष्ट्रघात भयो भनेर बुझेका छन् । उहाँले अडान राख्न सक्नुपथ्र्यो वा सत्ताबाट बाहिरिनु पथ्र्यो । तर त्यसो गर्नुभएन ।

प्रचण्ड पहिला आफ्नो रक्षा जनतामा देख्नुहुन्थ्यो, जनमुक्ति सेनामा देख्नुहुन्थ्यो, कार्यकर्तामा देख्नुहुथ्यो, क्रान्तिकारी शक्तिमा देख्नुहुन्थ्यो । पछिल्लो समय उहाँमा क्रमशः परिवर्तन आइराखेको छ । उहाँले अहिले आफ्नो सुरक्षा पार्टी पंक्ति, जनता, कार्यकर्ता र क्रान्तिकारीमा देख्नुहुन्न । विरोधीसँग मिल्यो भने सुरक्षा हुन्छ भन्ने बुझिराख्नुभएको छ । एमसिसीलाई कानूनी प्रकृया लगिएको भए धेरै ठुलो बहस हुनेथियो । कांग्रेस हात्तिको तालमा हिँडेको छ, प्रचण्ड र माधव खुट्टा समातेर हिडिराखेका छन् । लामो समय जनताले गरेको संघर्षलाई सानो स्वार्थका लागि किन धुलोपिठो पार्नुहुन्छ ? आउनुहोस् समाजवादको बाटोमा सँगै हातेमालो गरौं ।  (एमसिसी संसद्बाट अनुमोदन भएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्रकारहरूसँग दिएको प्रतिक्रियाको अंश ।)