NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

के भयो रुस र युक्रेनबीचको वार्ता ?

काठमाडौं । रुस र युक्रेनबीच सोमबार भएको पहिलो चरणको शान्तिवार्ता सकिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौं दिन छिमेकी मुलुक बेलारुसमा यी दुई देश वार्ताको टेबलमा बसेका थिए । तर पहिलो चरणको वार्ता खासै परिणाममुखी नभएको बताइएको छ । त्यसो त, पहिलो चरणकै वार्ताबाट खासै ठूलो नतिजा निकाल्ने अपेक्षा पनि गरिएको थिएन ।

पहिलो चरणको वार्तापछि प्रतिक्रिया दिँदै युक्रेनी अधिकारीले आवश्यक परामर्शपछि दोस्रो चरणको वार्तामा बस्ने सहमति भएको बताएका छन् ।

आगामी वार्ताको मिति तय नभए पनि केही दिनभित्र बस्ने रुसी अधिकारीले बताएका छन् ।

दुई देश शान्तिवार्ताको टेबलमा रहे पनि आक्रमण भने रोकिएको छैन । रुसले युक्रेनका लगभग सबैजसो दिशाबाट आक्रमण गरिरहेको छ । तथापि, रुसले अहिलेसम्म युक्रेनको कुनै पनि क्षेत्रमा कब्जा जमाउन सकेको छैन ।
यसैबीच मानव अधिकारवादी संस्था ह्युमन राइट्सले रुसले आवासीय क्षेत्रमा गरेको गोलाबारीप्रति खेद प्रकट गरेको छ । उसले रुसको यो कार्य मानवताविरुद्धको अपराध भनेको छ ।

तर रुसले भने आवासीय क्षेत्रमा आक्रमण नगरेको भन्दै आफ्नो बचाउ गरेको छ ।