NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एमसिसी अघि बढाउन जोडबल गर्ने ओली अहिले मुकदर्शक भए : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीलाई लिएर एमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोहोरो चरित्र निभाएको आरोप लगाएका छन् ।

एमसिसी अडाडि बढाउन यसअघि अग्र मोर्चामा रहेका ओली अहिले पारित गर्ने बेला मुकदर्शक भएर बसेको उनले अरोप लगाए ।

‘एमसीसी अगाडि बढाउन जसले पहिले सबै तमासा ग¥यो, ऊ अहिले मुकदर्शक भएर बस्यो’, एमसिसीबारे प्रस्ट पार्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘न समर्थन, न विरोध । एउटा प्रहसन र तमासाजस्तो ।

नेपालले आफ्नो पार्टीको अस्तित्व देखेर ओली विचलित भएको अरोपसमेत लगाए ।