NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

सेयर बजारको सेकेण्डरी मार्केटप्रति आकर्षित हुँदै महिला

लाभान्वित गराउन प्रभु क्यापिटलका विभिन्न योजना

काठमाडौं । कुनै समय यस्तो थियो, सेयर बजारबारे थोरै संख्यामा मात्र मानिसहरू जानकार थिए । लगानी गर्नेहरू औंलामा गन्न सकिने थिए ।

सेयर बजारबारे सहर बजारका व्यापारी, कार्यालयका जागिरेलगायत जानकार भए पनि सर्वसाधरण अनभिज्ञ नै थिए ।

सेयर भनेको के हो, यो खरिद/बिक्री कसरी गर्ने ? थोरै मानिस मात्र यसबारे जानकार दिए । ठूला व्यापारीहरू जसले सेयरमा हात हालेका हुन्थे, उनीहरूले सेयर कारोबारको बहस गर्दा चासो दिएर सुन्ने कमै हुन्थे ।

हिजोको यो अवस्थामा अहिले आनको तान फरक आएको छ । सहरका साना चिया पसलदेखि ठूला व्यवसाय, होटल, कार्यालय होस् या गाउँको चौतारी, सबैतिर सेयरकै चर्चा हुन थालेको छ । चर्चा गर्ने मात्रै होइन, गाउँगाउँका कुना काप्चाका नागरिकले डिम्याट खाता खोलेर सेयरमा लगानी गर्न हौसिरहेका छन् ।

हिजोका दिनमा सेयर भन्ने शब्द नबुझेकाहरू अहिले सेयर कारोबारबाटै आफ्नो परिवारको खर्च धानिरहेको थुप्रै उदाहरणहरू छन् । अझ सुखद् पक्ष त यो क्षेत्रमा महिला लगानीकर्ताको आकर्षण बढ्दो छ । त्यसमा पनि गृहिणीहरूको चासो बढी छ । यति मात्रै होइन, पुँजी बजारको नेतृत्वदायी भूमिकामा पनि महिलाहरू नै छन् ।

सुखद् पक्ष त यो क्षेत्रमा महिला लगानीकर्ताको आकर्षण बढ्दो छ । त्यसमा पनि गृहिणीहरूको चासो बढी छ । यति मात्रै होइन, पुँजी बजारको नेतृत्वदायी भूमिकामा पनि महिलाहरू नै छन् 

सेयर बजार भन्नेबित्तिकै पुँजीको कुरा आउँछ । पहिले सेयर बजारमा कमाउने मान्छेले मात्रै कारोबार गर्थे । अहिले त्यो प्रवृत्तिमा परिवर्तन आएको प्रभु क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत (सिओओ) कृष्ण गिरी बताउँछन् ।

उनी भन्छन्, ‘घरपरिवारमा पहिला–पहिला सेयर बजार भन्नेबित्तिकै पैसा कमाउने मान्छेले मात्रै कारोबार गर्ने भन्ने कुरा थियो । तर बजार विस्तार भएसँगै आइपिओको संख्या पनि बढ्दै गयो । फलस्वरूप जति धेरै उपस्थित हुुन सकियो त्यति धेरैलाई सेयर पर्ने भयो । त्यसले गर्दा परिवारमा कमाउने मान्छेले मात्र नभएर परिवारका अन्य सदस्यको नाममा पनि डिम्याट खाता खोलिदिने, सेयर किनिदिने, राखिदिने गर्न थालेका छन् ।’

गिरीका अनुसार, अहिले लगानीकर्ताले आफ्नो र परिवारको भविष्यका लागि परिवारको हरेक सदस्यको नाममा खाता खोल्ने गरेका छन् । हरेक सदस्यको नाममा सेयर खातामा जाने र लगानीकर्ताहरू पनि विस्तारै सेयरमा पोख्त हुँदै गएको उनको अनुभव छ । यसले सेयर बजारमा लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ ।

पुँजी बजारमा कारोबार बढेसँगै महिलाको सहभागितामा पनि वृद्धि भएको गिरी बताउँछन् । ‘जति–जति सेयर बजार बढ्यो, त्यति त्यति मार्केटमा महिला लगानीकर्ताहरू पनि बढ्न थालेका छन् । सेयर बजारमा जो महिला लाग्नु भएको छ, जसले राम्रो गर्नुभएको छ, उहाँहरूले लगानीमा नआएका महिलाहरूलाई पनि आफूसँगै ल्याउन सहयोग गर्ने काम भइरहेको छ ।’

उनका अनुसार, समूहमा छलफल गरेर सेयर बजारमा लगानी गर्ने गरेकाले महिलालाई थप सहज भएको छ । यसले ब्रोकरकहाँ जान तथा समाजको नकारात्मक सोचविरुद्ध लड्न पनि सजिलो भएको छ ।

गिरी पछिल्लो दिनमा महिलाहरू घरमा त्यतिकै समय बर्बाद गरेर बस्नुभन्दा केही नयाँ सिकौँ र गरौँ भन्नेतिर लागेको बताउँछन् । ‘अहिले आफ्नो र परिवारका लागि केही गरौं, केही बुझौं, सेयरमा लगानी गरौं भन्ने महिलाहरूको जमात बढ्न थालेको छ,’ उनले थपे ।

दोस्रो बजारमा महिला लगानीकर्ता

पहिले प्राथमिक बजारमा महिलाहरूले लगानी गरेता पनि दोस्रो बजारमा लगानी गर्न डराउँथे । कतिले महिलाहरूलाई दोस्रो बजारमा लगानीको जोखिम बढी हुने भएकोले थेग्न नसक्ने भन्दै निरुत्साहित गर्थे ।

तर अहिले त्यस्तो प्रवृत्तिमा पनि परिवर्तन आएको गिरी सुनाउँछन् । उनी आजको दिनमा त्यस्तो भन्नेको संख्या कम रहेको र भए पनि प्रभाव शून्य रहेको जिकिर गर्छन् ।

‘दोस्रो बजारमा जोखिम छ भनेर महिलाहरूले जोखिम नै लिन सक्दैनन् भन्ने कुरा हुँदैन । दोस्रो बजारमा जोखिम लिन सक्ने क्षमता कति छ भन्ने कुरामा भर पर्छ । त्यसमा महिला आत्तिने पुरुषचाहिँ नआत्तिने भन्ने हुँदैन । कहिले महिला आत्तिन सक्लिन्, कहिले पुरुष,’ उनले भने, ‘अहिले सेयर बजारमा महिलाहरूले धेरै राम्रो गरेको हामीसँग थुप्रै उदाहरण छन् । दोस्रो बजारमा कारोबार गर्दा जोखिम हुन्छ तर पुरुषले जोखिम बहन गर्न सक्ने महिलाले सक्दैन भन्ने हुन्छ र ?’

उनले अगाडि थपे, ‘सेयर कारोबार हिम्मत र पुँजीको भरमा गर्ने कारोबार हो । सँगैसँगै अनुभव र सेयर बजारसम्बन्धी ज्ञानको कुरा हो । यी सबै कुरा बुझेर आयो भने यहाँ को महिला, को पुरुष ? जसले पनि लगानी गर्न सक्छन् । बजारले महिला र पुरुष भनेर चिन्दैन । यहाँ किन्ने कि बेच्ने भन्ने मात्रै चिनिन्छ ।’

सुखद् पक्ष के भने महिलाहरू बजारको बारेमा बुझेरै लगानी गर्नसक्ने अवस्थामा पुगेका छन् । जसले सेयर बजारलाई नै नबुझेर अरूको लहैलहैमा लागेर लगानी गर्छन्, डुब्ने भनेको तिनीहरू नै भएको गिरीको बुझाइ छ ।

सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताले पहिला सिकेर बुझेर मात्र लगानी गर्न उनको सुझाव छ । उनले भने, ‘महिला होस् या पुरुष बुझेर लगानी गर्नेहरू डुब्दैनन् । सेयर बजारमा प्रवेश गर्नेहरू हावाको भरमा लगानी गर्ने होइन, सिक्नैपर्छ । बुझेर, सिकेर आउनेहरूले कसैको भरमा पर्नु पर्दैन । पर्याप्त मात्रामा समय दिएर सिकेर, सेकेण्डरी मार्केटमा लगानी गर्न आउनु पर्छ ।’

हरेक लगानीकर्तामा दोस्रो बजारमा प्रवेश गरिसकेपछि जोखिम बहन गर्न तयारी हुनुपर्ने गिरीको राय । दोस्रो बजारमा जान डराउने, नचहाने महिलाहरूले प्राथामिक बजारमा लगानी गरेर, प्रभु क्यापिटलको योजनामा सहभागी भएर आफ्नो लगानीलाई अगाडि बढाएर लाभ लिन सक्ने पनि गिरीको भनाइ छ ।

अहिले सेयरबारे सिक्न धेरै माध्यमहरू भएको उनले खुलाए । प्रभु क्यापिटलबाहेक पनि अन्य संघ–संस्थाहरूले सेयर सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डले पनि त्रैमासिक, मासिक रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यस्ता कार्यक्रममा सहभागी भएर सेयरबारे बुझ्न सकिने गिरीको भनाइ छ । विभिन्न ब्रोकर अफिसहरूले पनि सेयरसम्बन्धी तालिमहरू दिइरहेका हुन्छन् । त्यस्ता कार्यक्रममा सहभागी भएर पनि लगानी गर्न सकिन्छ ।

महिला लगानीकर्ता लक्षित प्रभु क्यापिटलको ‘प्रभु एश्वर्य योजना’

जसरी पुँजी बजारमा महिलाहरूको इच्छा र सहभागिता बढ्दो छ । तर, कतिपय महिलाहरू आफूसँग पर्याप्त पुँजी भए पनि सेयर मार्केटबारे ज्ञान नभएका कारण लगानी गर्नबाट हिच्किचाइरहेका हुन्छन् ।

पर्याप्त ज्ञानको कमीले कतै लगानी डुबिहाल्ने हो कि भन्ने चिन्ता पनि उनीहरूमा व्याप्त छ । यसको लागि प्रभु क्यापिटलले करिब ६ महिनाअघि (भदौ) देखि ‘प्रभु ऐश्वर्य योजना’ सञ्चालनमा ल्याएको गिरी बताउँछन् । प्रभु क्यापिटलले महिला लगानीकर्ताकै लागि भनेर ल्याएको यो पहिलो योजना भएको सिसिओ गिरीले बताए ।

यो योजनामा महिला लगानीकर्ताले एक वर्ष अवधिको न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्ने छ । वार्षिक सेवा शुल्कमा पनि अन्य योजनामा २ प्रतिशत लिने गरेकोमा यो योजनामा भने महिलाहरूलाई प्रोत्साहन होस् भनेर १ प्रतिशतसम्म मात्र लिँदै आएको छ ।

यस योजनामा संलग्न भएका महिलाहरूले प्रभु क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने, साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था गरिएको छ ।

गिरीका अनुसार महिलाहरूको आर्थिक स्वतन्त्रता अभिवृद्धि गर्ने अभिप्रायले प्रभु क्यापिटलले यो योजना सञ्चालनमा ल्याएको हो ।

‘महिलाहरूले विभिन्न तरिकाले जस्तै, पेवाबाट आर्जन गरेका, बाबुआमाले छोरीको लागि भनेर लगानीको लागि छुट्याएको पैसालगायत माध्यमबाट सेयरबजारमा लगानी गर्न चाहानुभयो । तर उहाँहरूसँग पर्याप्त समय र ज्ञान भएन भने पनि प्रभु क्यापिटलले उहाँहरूको विशेष सेवा गर्नको लागि भनेर प्रभु ऐश्वर्य योजना सञ्चालन ल्याएको छ,’ गिरीले भने ।

यस योजनामा प्रभु क्यापिटलले महिला दिदीबहिनीहरूको मात्रै लगानी व्यवस्थापन गर्दछ । लगानी व्यवस्थापन सञ्चालन गर्नको लागि लामो समयदेखि सेयर बजारमा संलग्न भएका अनुभवी, प्राविधिक र आधारभूत रूपमा सेयरसम्बन्धी ज्ञान भएका समर्पित रिलेसन्सिप म्यानेजर राखेको उनले सुनाए ।

‘समर्पित रिलेसन्सिप म्यानेजरले कार्यालयसमयदेखि बेलुका नफर्कुञ्जेलसम्म पूरै समय लगानीकर्ताको लगानी व्यवस्थापनमा सेवा दिइरहुन भएको छ । उहाँहरूले पूरै समय त्यही क्षेत्रमा रहेर हामीले अनुसन्धान गरेको विश्लेषणहरूको आधारमा कुन सेयर किन्ने, कुन सेयर बेच्ने, कहिले बेच्ने, कति मात्रमा बेच्ने, कति मात्रमा किन्ने, लगानीकर्ताको माग के हो, लगानीकर्ताले कति मात्रमा प्रतिफल खोज्नुभएको छ ? ती सबै कुराहरू विचार गरेर लगानीकर्ताहरूसँग आन्तरिक छलफल गरेर मल्टिपल समय आवश्यकता पहिचान गरेर लगानी गर्न खोजेको खण्डमा लगानी व्यवस्थापन गर्दिनु हुन्छ,’ उनले भने ।

लगानी व्यवस्थापनको लागि प्रभु क्यापिटलले आवश्यक जनशक्ति तयारी अवस्थामा राख्दै आएको उनको भनाइ छ ।

महिला लगानीकर्ताको उल्लेखनीय सहभागिता

भदौबाट सुरु भएको यस योजनामा महिला लगानीकर्ताको उल्लेखनीय सहभागिता भएको गिरी सुनाउँछन् । यस योजनामा वार्षिक ५० प्रतिशत छुटको व्यवस्थाका कारण पनि महिलाहरू आकर्षित भएको उनको भनाइ छ ।

‘पहिला लगानी व्यवस्थापन भनेको जोसँग पैसा छ उसैले गर्ने गथ्र्यो । त्यस्तो हुँदा महिलाहरूले आफनो नाममा नभएर छोराको नाममा गर्ने भन्ने हुन्थ्यो भने अहिले हामीले यो योजनामा वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिँदा छोराको नाममा, बाबुको नाममा गर्दिने प्रवृत्तिमा परिवर्तन देखिएको छ । यस योजनामा सामाजिक उत्तरदायित्वसमेत बहन गर्ने भएकाले महिलाहरू बढी अभिप्रेरित भएको पनि उनको विचार छ ।

आगामी दिनमा पनि प्रभु क्यापिटलले आवश्यकता महसुस गरेर नयाँ/नयाँ योजनाहरू ल्याउने सोचमा छ । यो योजनामा भएको सहभागिताको आधारमा क्यापिटलले भावी दिनमा जीवनसंगीनी, महिलाहरूलाई श्रीमान्सँगै जोडेर अगाडि बढ्न छलफल गरिरहेको उनले जानकारी गराए ।

उनले भने, ‘उहाँहरूको मार्केटमा रिचार्ज गरेर माग अनुसार अन्य छुट्टै योजना हामीले आउँदा दिनमा पक्कै ल्याउनेछौं । यसमा अरू योजनाहरू पनि हुन सक्छन् ।’

सामाजिक उत्तरदायित्त्व बहन

लगानी व्यवस्थापनमा आबद्ध दिदीबहिनीहरूलाई थाहै नदिईकन महिलाहरूकै तहबाट प्रभु क्यापिटलले लगानी व्यवस्थापन गर्दै गर्दा सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेका गिरीले सुनाए ।

उनका अनुसार, प्रभु क्यापिटलले लगानी व्यवस्थापनबाट आएको नाफाको २० प्रतिशत नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनलाई सहयोग गर्दै आएको छ । फाउण्डडेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । प्रभु क्यापिटलले ब्रेष्ट क्यान्सरबाट पीडित महिलाहरूलाई थोरै भए पनि राहत पुगोस् भनेर उक्त फाउण्डेसनसँग सहकार्य गरेको गिरी बताउँछन् ।

ऐश्वर्य योजनामा महिलाहरूलाई लगानी व्यवस्थापन गरेबापत् प्रभु क्यापिटलले सेवा शुल्क लिने गर्छ । क्यापिटलले ८ प्रतिशतभन्दा बढी नाफा भएको खण्डमा २० प्रतिशत सेवा शुल्क लिने गरेको सीसीओ गिरीले बताए । त्यही २० प्रतिशत शुल्कलाई शतप्रतिशत मानेर प्रभु क्यापिटलले फाउण्डेसनलाई सहयोग गर्दै आएको छ ।

जनचेनामूलक सेयर बजारसम्बन्धी तालिम सञ्चालन

महिला उद्यमी, महिलाहरू संलग्न सहकारीहरू र विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर प्रभु क्यापिटलले जनचेनामूलक सन्देश तथा कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ‘नेपाली पुँजी बजारमा महिलाहरूको लगानीका कार्यलाई अगाडि बढाउन हामीेले हरदम प्रयासहरू गर्दै आइरहेका छौैं,’ गिरीले भने ।

‘हामीले विभिन्न तालिमहरू सञ्चालन गर्दै अएका छौं । जस्तै, सेयर बजार भनेको के हो, प्राथामिक बजार र दोस्रो बजारमा कसरी प्रवेश गर्ने, लगानी गर्दे गर्दा के कस्ता जोखिम बहन गर्नुपर्ने हुन्छ ? त्यसलाई कसरी व्यवस्थित गर्नेजस्ता विषयहरूमा तालिम दिँदै आएका छौं,’ उनले भने । अहिलेसम्म करिब चार सय भन्दा बढी महिलाहरू तालिमबाट लाभान्वित भइसकेको गिरीले बताए ।

महिलाहरूबाहेक पनि प्रभु क्यापिटलले विभिन्न कलेजका विशेषगरी प्लस टूदेखि मास्टरसम्मका विद्यार्थीहरूमाझ सेयरसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । गिरीका अनुसार यस्ता कार्यक्रमलाई क्यापिटलले वार्षिक रूपमा अगाडि बढाइरहेको छ । कलेजमा महिला पुरुष दुवै समूहका विद्यार्थी भएको हिसाबले पनि नयाँ पुस्ताको महिलाहरूलाई सेयर बजारसम्बन्धी ज्ञान कार्यक्रममार्फत दिने प्रयास गरिरहेको उनी बताउँछन् ।

यसबाहेक प्रभु क्यापिटलको सबै वर्गलक्षित दुई वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा सञ्चालनमा छ । गिरीका अनुसार सेयर बजारमा लगानी गर्न चाहने तर अहिलेसम्म डिम्याट खाता नभएका ग्राहकले यो सेवा लिन सक्ने छन् ।

यो योजना २०७८ माघ १८ गते देखि चैत्र १७ गते सम्म सञ्चालन हुनेछ । डिम्याट खाता तथा लगानी व्यवस्थापनसम्बन्धी विभिन्न सेवाहरू प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछन् ।