NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

फोर्स गुर्खाको ‘टेष्ट ड्राइभ क्याम्पियन’मा पहिलो दिनमै २६ जना सहभागी

काठमाडाैं । केही समय अगाडि मुल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरेको फोर्स गुर्खा 4x4x4 को टेष्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागिता भएको छ ।

पोखराको चाउथेस्थित आफ्नै सोरुमबाट सम्पन्न भएको उक्त क्याम्पियनमा पहिलो दिनमा अर्थात आजै २६ जनाले सहभागिता जनाएको फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रालिले जनाएको हो ।

सहभागीहरुले भई टेस्ट ड्राइभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएकाे कम्पनीको भनाइ छ । टेष्ट ड्राइभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकको फोर्स गुर्खा  प्रतिको आकर्षकता वृद्धि रहेको जानकारी दिए ।

टेष्ट ड्राइभ यही फागुन २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजका अनुसार टेष्ट ड्राइभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउनेछन् । पोखरामा रहेको टेष्ट ड्राइभ क्याम्पियनपश्चात काठमाडौं, चितवन, झापा, ईटहरीलगायत विभिन्न सहरहरुमा टेष्ट ड्राइभ क्याम्पियन सञ्चालन गर्ने  कम्पनीले जानकारी गराएको छ ।