NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

टोकियो, सिन्ह्वा । जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ ।

युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो । तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए ।

अहिले जापानबाट त्यस तर्फ जान पुरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जानकारी दिए ।