NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

स्यानिटाइजर प्रयोग गर्दा अपनाऔं यस्ता सजगता

कोरोना भाइरस संक्रमणले मानिसलाई स्वास्थप्रति अझ चेतनशील हुने अवसर दिएको छ । घरमा रहँदा साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त रहन्छ । घर बाहिर रहँदा सबै ठाँउमा साबुनपानी उपलब्ध नुहने अवस्थामा स्यानिटाइजरको प्रयोग ठीक हुन्छ ।

स्यानिटाइजरले सफा राख्नेभन्दा पनि हातमा नदेखिने किटाणु– जीवाणुलाई हटाउने काम गर्छ । अल्कोहलको मात्रा औसतमा ६० प्रतिशत भएको स्यानेटाइजरको प्रयोग उपयुक्त हुन्छ । अहिले रसायनयुक्त स्यानिटाइजर दैनिकी बन्न थालेका छन् । यस्ता प्रयोग गर्दा विशेष ध्यान दिनु पर्ने हुन्छ । अब जानौं स्यानिटाइजर प्रयोग विधि :

The use of hand sanitizer: Safety vs effects on skin - Times of India

१. स्यानिटाइजरलाई बच्चाहरूको पहुँचबाट टाढा राख्नु पर्छ । २ वर्षभन्दा मुनिका बच्चाका लागि स्यानेटाइजरको प्रयोग गर्नु हुन्न ।

२. अनुहार वा मुखमा स्यानेटाइजर लगाउनु हुँदैन । सामान्यदेखि अल्कोहलयुक्त स्यानिटाइजरमा हुने रसायनिक तत्वले अनुहारमा हानी पु¥याउन सक्छ ।

३. अल्कोहालको मात्रा ज्यादा भएका स्यानिटाइजर ज्वलनशील हुन्छन् । यसकारण ग्यास तथा आगोनजिक काम गर्नु खतरापूर्ण हुनसक्छ ।

४. प्रायः मानिस साबुन– पानीको सट्टामा स्यानिटाइजर प्रयोग गर्छन्, जुन गलत हो । बस, सार्वजनिक शौचालय, होटेल, रेस्टुरा, अफिस आदिका सामानमा स्यानिटाइजर प्रयोग गर्न सकिन्छ । तर, घरमा रहँदा सकभर साबुनपानीकै प्रयोग गरौं ।

५. खोक्दा, रुघा लाग्दा, हाछिउँ गर्दा स्यानिटाइजर प्रयोग गर्नु उचित हुन्छ ।

६. हातमा लगाएको स्यानिटाइजर कपडामा पुछ्न हँुदैन । यसलाई सुक्न दिनु पर्छ ।