NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

आज ग्याल्पो ल्होछार, देशभर सार्वजनिक बिदा

काठमाडौं । शेर्पा समुदायको नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होछार आज मनाइँदैछ ।

पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । यो समुदायले काठमाडौं उपत्यकालगायत क्षेत्रमा समेत विविध कार्यक्रम गर्दैछन् ।

शेर्पा जातिको अलग्गै पात्रो छ । भोट भाषामा प्रकाशित हुने उक्त पात्रोलाई दाथोक भनिन्छ । यो पात्रोअनुसार, फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बाँदर वर्ष पूरा भएर आजदेखि चरा वर्ष सुरु भएको छ ।