NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

नारायणकाजीको प्रस्ताव : एमसिसीविरुद्ध सडकमा जाऊँ

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभामा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अमेरिकी परियोजना एमसिसीबारे कुरा उठ्यो ।

बैठकमा एमसिसी पारित गर्न सघाएकोमा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र गिरिराजमणि पोखरेलले आपत्ति प्रकट गरेका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको घेराबन्दीमा पर्ने डरले आफूले अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गर्न सघाएको भन्ने जवाफ दिए । उनले आफ्नो बाध्यताबारे प्रष्ट पारेका थिए ।

माओवादीलाई घेराबन्दीमा पार्ने र सिध्याउने कुरा थाहा पाएपछि आफू एमसिसी पारित गर्न सघाउन बाध्य भएको प्रचण्डले स्पष्ट पारे ।

त्यसको प्रतिवाद गर्दै नेता श्रेष्ठले ‘त्यसभए अझै पनि समय छ । अझै पनि एमसिसीविरुद्ध सडमा जाउँ नँ’ भन्ने प्रस्ताव गरे ।

यता, प्रचण्डले अहिलेको अवस्थामा त्यो गर्न नसकिने जवाफ दिए । आइतबार बस्ने केन्द्रीय कमिटीको बेठकमा यसबारे थप छलफल गर्ने भन्दै उनी पन्छिए ।

प्रचण्डको स्वीकारोक्ति : अमेरिकाको डरले एमसिसी पारित गर्न सघाएँ