NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबार स्थगित बैठक आइतबार बस्न लागेको हो ।

प्रतिनिधिसभाबाट पारित एमसिसीलाई केन्द्रीय समितिबाट पारित गराउने सो पार्टीका अध्यक्ष प्रचण्डको तयारी छ । उनले शुक्रबार यसलाई पास गर्न प्रस्ताव पेश गरेका थिए । तर व्याख्यात्मक टिप्पणी गरेर एमसिसी पास गराइएको भन्दै नारायणकाजी श्रेष्ठलगायत माओवादी केन्द्रका नेता रुष्ट छन् ।

आजको बैठकमा यही एजेण्डामाथि थप छलफल हुने नेताहरूले बताएका छन् ।