NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

संसद् बैठक : महाभियोग सिफारिस समिति गठन हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक संघीय संसद् भवनमा सुरु भएको छ ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्नका लागि महाअभियोग सिफारिस समिति गठन हुने भएको छ ।

एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका छन् ।

साथै, आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।