पल शाह दोषी हुनसक्ने ५ बलिया प्रमाण
काठमाडौं । अभिनेता पल शाहविरुद्ध गत फागुन १२ मा तनहुँ एक किशोरी गायिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीमा जाहेरी परेको छ ।
गायिकाका बुवाले किटानी जाहेरी दिएको तीन दिनपछि अर्थात गत फागुन १५ मा शाहले तनहुँ प्रहरीसमक्ष दमौली गएर गिरफ्तारी दिए ।
सातदिन हिरासतमा रहेका शाहलाई आज १२ दिन म्याद थपिएको छ । यसको अर्थ घटनाबारे थप अनुसन्धान गर्नुपर्ने भएको छ ।
हालसम्मको अनुसन्धानले अभिनेता शाह दोषी ठहरिने सम्भावना बलियो देखिएको प्रहरी स्रोतले जनाएको छ ।
नाबालिग गायिकाको पक्षमा वकालत गरिहेकी अधिवक्ता राधिका खतिवडाले पनि अभिनेता शाह दोषी हुने अधारहरू विभिन्न सञ्चारमाध्यममार्फत पेश गरिरहेकी छिन् ।
अभिनेता शाहले नाबालिग गायिकासँग शारीरिक सम्पर्क भएको पुष्टि गर्ने केही फेसबुक च्याटका स्क्रिन फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ शाहले आफूले यौन सम्पर्क राखेको स्वीकार गरेका छन् ।
अभिनेता शाहले ती नाबालिकसँग १५ र १७ वर्ष उमेरको बीचमा रहेका बेला ती गायिकासँग शारीरिक सम्पर्क गरेको पाइएको प्रहरीको दाबी छ ।
कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका नाबालिगसँग सहमतिमै पनि यौन सम्पर्क राख्नु बलात्कार सरह हो ।
यसर्थ, यस प्रकरणमा शाह दोषी प्रमाणित हुनसक्ने बलिया प्रमाण देखिएका छन् । यदि, कसुर पुष्टि भएका अभिनेता शाह १० देखि १२ वर्ष जेल जानसक्ने सम्भावना छ ।
यहाँ हामीले शाह दोषी हुनसक्ने ५ बलिया प्रमाण प्रस्तुत गरेका छौं ।
यस्ता छन् ५ प्रमाण :
१. जाहेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ ।
उनको जन्मदर्ताका आधारमा उनी नाबालिग देखिएको तनहुँ प्रहरीले जनाएको छ । शाहले करिब १५ वर्ष आठ महिनाको उमेरदेखि नाबालिगसँग शारीरिक सम्पर्क राखेको देखिन्छ ।
उनीमाथि तीनपटक शारीरिक सम्पर्क भएको थियो । सोबेला उनी १७ वर्षभन्दा कम रहेको पाइएको छ ।
२. गत हस्तामात्रै एउटा अडियो बाहिरिएको छ । त्यहाँ आरोपित शाह आफैंले शारीरिक सम्पर्क राखे पनि बच्चा नबसेकाले आफू विहे गर्नुपर्ने बाध्यतामा नभएको बताएका छन् ।
३. ती नाबालिग गायिकामाथि यौन सम्पर्क भएकोसमेत पुष्टि भएको छ । डाक्टरले दिएको रिपोर्टअनुसार यौन सम्पर्क पुष्टि भएको हो ।
४. शाहले नाबालिग गायिकासँग शारीरिक सम्पर्क भएको पुष्टि गर्ने केही फेसबुक च्याटका स्क्रिन फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ शाहले आफूले यौन सम्पर्क राखेको स्वीकार गरेका छन् ।
५. प्रत्यक्षदर्शी र जानकारहरूको बयानहरूका आधारमा हेर्दा पनि शाह दोषी हुने सम्भावना बढेको छ ।
पीडितका बुवा–आमासँगै मोडल दुर्गेश थापा र गायक सम्राट उपाध्यायलगायतले पनि शाहले ती बालिकामाथि शारीरिक सम्पर्क राखेको बयान दिएको बताइएको छ ।
पल शाह थप १२ दिन थुनामा
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया