NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भक्तपुरमा एकाविहानै महिलामाथि तेजाब प्रहार

काठमाडौँ । भक्तपुरमा एक ६० बर्षिय महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक ४ दधिकोटकी पुजा गुभाजूमाथि आज विहान तेजाब प्रहार भएको हो ।

गुभाजूलाई तेजाब प्रहार गरेको आशंकमा प्रहरीले पिडित महिलाको श्रीमान श्याम गुभाजूलाई पक्राउ गरेको छ ।

तेजाव प्रहारबाट घाइते भएकी महिलाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले पिडितका श्रीमानले नै तेजाव हानेकाे शंका गरेकाे छ । उनीहरूवीच घरायसी विवाद रहँदै अाएकाे थियाे ।