प्रचण्डले आफ्नै कान्छी छोरी र ज्वाइँलाई गरे केन्द्रीय सदस्यको प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी र ज्वाइँदेखि स्वकीय सचिवसम्मलाई मनोनित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका छन् ।
सोमबार जारी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका हुन् । गंगा खस–आर्य महिलातर्फ र जीवन युवातर्फबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुन् ।
प्रचण्डकी माइली छोरी रेणु दाहाल पहिले नै केन्द्रीय सदस्य भइसकेकी छिन् । उनी भरतपुर नगरपालिकाकी मेयरसमेत हुन् ।
त्यस्तै, प्रचण्डका स्वकीय सचिव रमेश मल्लसमेत प्रस्तावित केन्द्रीय सदस्य छन् । साथै उनले वाइसिएल अध्यक्ष सुमन देवकोटालाई पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रले मनोनितमा प्रस्ताव गरेका केन्द्रीय सदस्यको नामावली यस्तो छ
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया