NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चरित्र हत्या गर्ने युट्युवर पक्राउ

काठमाडौं । युट्युव च्यानलमार्फत नाबालिग बालिकामाथि करणी प्रकरणमा पीडितको मानमर्दन र चरित्र हत्या गर्ने युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ । भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मी भनभने ९ स्थायी घर भई बुटवल १३ मा बस्ने २१ वर्षीय राहुल थापा पक्राउ परेका हुन् ।

थापाले विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धानको लागि पाँच दिन म्याद थपिएको प्रहरीले जनाएको छ । थापा आइतबार पक्राउ परेका थिए ।

उनले ‘सिलेव नेपाल’ नामक युट्युवमार्फत् यसरी चरित्र हत्या गर्ने सामग्री प्रसारण गरेका थिए ।