NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पल पकरण : हरि उदासी पनि समातिए, एकैदिन तीनजना पक्राउ

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा अभिव्यक्ति दिनेहरू धमाधम पक्राउ हुनेक्रम जारी छ । यसैक्रममा आज एकैदिन तीनजना समातिएका छन् ।

यसैबीच, नाबालिग गायिकाको चरित्र हत्या हुनेगरी विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिएको आरोपमा आफूलाई ’अभियन्ता’ बताउने हरि उदासी पनि पक्राउ परेका छन् ।

उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले आज पक्राउ गरेको हो ।

यही प्रकरणमा प्रहरीले केही समयअघि मात्रै युट्युबर राहुल थापा मगरलाई पक्राउ गरेको थियो । उनी गुल्मीका स्थायी वासिन्दा हुन् ।

यस्तै, आजै अश्लील तस्बिर तथा स्टाटस फेसबुकमा राखेर पीडित नाबालिगको चरित्र हत्या गरेको आरोपमा ललितपुर उपमहानगरपालिका २१ का दीपू भन्ने विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष