NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युद्धकै कारण युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । यससँगै दुई देशबीच युद्ध भइरहेको छ । युद्धको प्रभाव फुटबलमा पनि उत्तिकै परेको छ ।

रुसी राष्ट्रिय टोलीसँगै त्यहाँ क्लबमाथि प्रतिबन्ध लागिसकेको छ । फिफा विश्वकप छनोटको प्ले अफमा रहेको रुस करबाहीपछि त्यहाँबाट बाहिरिइसकेको छ ।

यसैबीच, विश्वकप छनोटअन्तर्गत युक्रेन र स्कटल्याण्डबीचको प्ले अफ सेमिफाइनल खेल पनि स्थगित भएको छ ।

खेल मार्च २४ हुने तय भएको उक्त खेल स्थगित भएको फिफाले जनाएको छ । युक्रेनकै आग्रहपछि खेल स्थगित गरिएको हो ।

यस खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष