NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ ।

उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको बताइएको छ । त्यस्तै उनीहरुका बीचमा चीन पाकिस्तान द्धिपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरेको चीन भ्रमण र त्यहाँ उनले बेइजिङ ओलम्पिकमा सहभागी भएका विषयमा पनि कुराकानी भएको थियो ।